शनिबार, असोज ३० २०७८
काठमाडौं १५:२३
वासिङटन डिसी 05:38

बी वेल इनिसिएटिभ्स र (सान) द्वारा नेपालमा गएको भूकम्पको स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेर सम्पन्न

इनेप्लिज २०७३ वैशाख १४ गते १७:११ मा प्रकाशित

20160424_172819

वासिंगटन डीसी । बी वेल इनिसिएटिभ्स र सोसाइटी आफ अमेरिकन नेपाली नर्स (सान) ले आइतवार गतवर्ष नेपालमा गएको भूकम्पको सम्झनालाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेर मनाएको छ ।

15

वासिंगटन क्षेत्रमा बसोबास गर्ने आप्रवासी नेपालीहरुलाई समेटेर भर्जिनियामा आयोजना गरिएको कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो । पहिलो चरणमा भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा आफ्नो सन्देश लेखेर टाँस्ने तथा फुल चढाउने कार्यक्रम थियो । उक्त श्रद्दान्जली कार्यक्रमको सन्चालन आन्वा ( अमेरिका नेपाल विमेन्स एसोसीएसन) ले गरेको थियो । दोस्रो चरणमा नेपालमा गएको भूकम्प तथा अन्य कारणले त्यहाँ रहेका नेपालीहरुको मन र मस्तिष्कमा परेको प्रभावका बारेमा छलफल गरिएको थियो । कार्यक्रम नेशनल एसियन प्यासिफिक आइलेण्डर मेन्टल हेल्थ एशोसिएसनका अध्यक्ष डा. डीजे इडाको प्रमुख अतिथ्यमा भएको थियो ।

14

कार्यक्रममा अनुसन्धानकर्ता डा. सुरेन्द्र अधिकारीको नेतृत्वमा गत बर्ष भूकम्प गएलगतै नेपाली समुदायमा गरिएको एक सर्बेको नतिजा प्रस्तुत गरिएको थियो । नतिजा अनुसार नेपालमा भूकम्प गएपछि त्यस क्षेत्रमा बस्ने धेरै जसो नेपालीहरुमा तनाव, शोक तथा त्रास जस्ता डिप्रेसणका लक्षणहरु देखा परेको उल्लेख गरिएको छ ।

9

कार्यक्रमलाई मनोपरामर्शदाताहरु मार्क गोर्किन, अंशु बस्न्यात, भारती देवकोटा र रुप्शा सिंहले सहजीकरण गरेका थिए । त्यसमा भूकम्पका कारण र दैनिक जीवन आइपर्ने तनावहरु, त्यसका कारणहरु तथा त्यसलाई व्यवस्थापनका उपायहरुको बारेमा छलफल भएको थियो।सहभागीहरुले आप्रवासी नेपालीहरुका गत बर्षको भूकम्प गएपछिको अवस्थामा आफु र आफ्ना परिवारलाई विभिन्न किसिमका तनाव, असहजता तथा बानी व्यहोरामासमेत परिवर्तनका अवस्थाहरु व्यहोरेको बताएका थिए । त्यसका साथै अमेरिका आएपछि बिरोनो ठाउँ र विरानो मानिसहरुका माझमा आफुहरु एक्लो महसुस हुनेलगायतका समस्या हुने गरेको उल्लेख गरेका थिए । यस्ता कार्यक्रमहरु समय समयमा गर्न समेत सुझाएका थिए ।कार्यक्रममा सहभागी परामर्शदाताहरुले भने समुदायका सदस्यहरु बीच एक अर्काको दुख सुखलाई साथ दिने, सृजनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी हुने र आफु वा आफ्ना परिवारका सदस्यहरुमा समस्या देखिएको छ भने परामर्शदाताहरुसंग छलफल गर्न नहिच्किचाउने वानी बसाउन सुझाएका थिए । कार्यक्रम महत्वपूर्ण रहेको भन्दै अमेरिकी राष्ट्रपतिको एशिया प्यासियन अमेरिकन तथा प्यासिफिक आइल्यण्डर इनिसिएटिभ्सले सफलताको लागि पठाएको शुभकामना पत्र पढेर सुनाइएको थियो ।

8

कार्यक्रमका आयोजकहरु इनिसिएटिभ्स्का संयोजक डा. डम्बर कुमार गुरुङ र सानका अध्यक्ष मञ्जु संग्रौलाले नेपाली समुदायका सदस्यहरु आफुलाई समस्या भएपनि खुलेर कुरा गर्न नसक्नेलगायतका समस्या भएकाले आफुहरुले कार्यक्रम गरेको बताए । शारिरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट हुनसक्ने क्षतिप्रति बेलैमा सचेत हुनुपर्ने उल्लेख गरेका थिए । डा. गुरुङका अनुसार बी वेल इनिसिएटिभ्स् ह्वाइट हाउसको एसियन अमेरिकन तथा प्यासिफिक आइलेण्डर इनिसिएटिभ्स्बाट प्रभावित र सहयोगमा स्थापना भएको संस्था हो । यसका कमिशनर संञ्चिता प्रधान पनि बी वेलका सहयोगी सदस्य हुन् ।

3

प्रतिक्रिया