अफ्रिकाको युगान्डामा “नयाँ बर्ष धमाका २०७३” सम्पन्न |

इनेप्लिज २०७३ वैशाख १४ गते १६:५४ मा प्रकाशित

received_871012486343287

युगान्डामा नयाँ बर्ष कार्यक्रम यसै 25 अप्रिल 2016 को दिन “नयाँ बर्ष धमाका २०७३” सम्पन्न भएको छ | एन आर एन ए युगान्डाले आयोजना गरेको उक्त कार्यक्रम सफल भएको गैर आवासीय नेपाली संघ युगान्डाका अध्यक्ष रेमश कंडेल ले दाबि गर्नुभयो |

received_871013153009887

पुर्बी अफ्रिकामै पहिलो पल्ट रास्ट्रिय कलाकारको उपस्थिति गराइएको कार्यक्रममा चर्चित गायिका जमुना रानाको बिशेष उपस्थिति गराइएको थियो | संस्थाका अध्यक्ष समेत रहनुभएका रमेश कंडेलको उद्घोषण बाट शुरु गरिएको कार्यक्रममा अतिथिको स्वागत गर्दै उपाध्यक्ष किर्तिबहादुर थापाबाट गायिका जमुना राना, संगीतकार तेजेन्द्र “बिबश” र कार्यक्रममा सानो भए पनि स्पोन्सर गर्दिनु भएको UAE Exchange का बिजनेस डेभलपमेन्ट म्यानेजर पिउस पिल्लाईलाइ खादा ओढाईएको थियो भने विशेष अतिथि तथा गायिका जमुना राना बाट दिप प्रज्वलन गर्नुको साथै उपाध्यक्ष इश्वोरी बश्याल ज्यु बाट स्वागत मन्तब्य पेश गरिएको थियो | संस्थाका सचिब राजमणि भण्डारी ज्युले गैर आवासीय नेपली संघ को बारेमा थोरै बोले पछी शुरु भएको सांस्कृतिक, एबं साहित्यिक कार्यक्रमले धमाका गरायो | बहु प्रतिभाका धनि तेजेन्द्र बिबशले नेताहरुलाई झटारो हान्दै दर्जनौ गजल, मुक्तक पेश गरेर दर्शक लाइ मन्त्रमुग्ध बनाउनु भयो भने आफुले संगीत गरेका आधा दर्जन गीतमा दर्शकलाई नचाउनु भयो | कार्यक्रममा स्थानीय बाल कलाकार पवन भण्डारीले नृत्य पेश भएको थियो | उद्घोषण संग संगै सामाजिक तथा देशभक्त गीत संस्थाका अध्यक्ष कंडेल पेश गर्नु भयो | जमुना रानाले माएक समाते पछी गडगडाहट तालीबाट शुरु भएको प्रस्तुतिलाई मुहुर्त रुप दिदै “शोल्टि ले आखा मार्यो नि” “फुरफुर गर्ने पुतली” “मलाई तिम्रै चिन्ता” “ठमेलको चोकैमा” सालैजो , रोइला जस्ता दर्जनौ गित गाएर लगातार २ घण्टा दर्शकहरुलाई नचाउनु भयो |

received_871013146343221

यस कार्यक्रमलाइ UAE Exchange तथा टाइट सेक्युरिटी लिमिटेडले प्रायोजन गरेको थियो भने संस्थाका उपाध्यक्ष किर्ति बहादुर थापा, सल्लाहकार हेम श्रेस्ठ, श्याम मानान्धार, टाको गुनाइ, डिल्ली रमण ढकाल ज्यु बाट बिशेष सहयोग भएको थियो | संस्थाका सदस्य यम बहादुर पराजुली तथा धनराज गिरीले श्रम योगदान दिनु भयो |

received_1007837009306233

संस्थाका अध्यक्ष रमेश कंडेलले सफल भएको दाबि गरे पनि उम्मिद गरे अनुसार दर्शकको उपस्थिति भने थिएन | ४५ जनाको हाराहारीमा भएको न्यून उपस्थितिले पनि कार्यक्रमलाई रोचक बनाएको भने स्पस्ट देख्न सकिन्थ्यो |

received_1007837205972880

अन्तमा बिशेष अतिथि तथा चर्चित गायिका जमुना राना, बहु प्रतिभाका धनि तेजेन्द्र “बिबश” तथा स्थानीय बाल कलाकर पवन भण्डारीलाईलाइ अध्यक्ष कंडेल बाट मायाको चिनो दिदै कार्यक्रमको समापन गरिएको थियो |

received_1007837282639539

यसै आइतबार युगान्डा आइपुग्नु भएकी गायिका जमुना रानाको केहि युगान्डाका मनोरम दृश्यको अबलोकन गरि यसै बिहीबार फर्किने कार्यक्रम रहेको छ |

प्रतिक्रिया