बिश्व साईकल यात्रामा निस्किएका नेपाली स्विजरल्याण्डमा

इनेप्लिज २०७३ वैशाख १३ गते २३:२२ मा प्रकाशित

cycle

स्विजरल्याण्ड । विश्व शान्तिको कामना गर्दै बिश्व साईकल यात्रामा निस्किएका ताप्लेजुङ्गका लोक बन्दु कार्की र काभ्रे पलान्चोकका जनार्दन खनाल यतिखेर स्विजरल्याण्डमा आई पुगेका छन् । उक्त टोलीलाई स्विजरल्याण्ड को एन आर एन लगायत बिभिन्न संगठन,संघ,सस्थाहरुले सम्मान र सहयोग गरेका छन ।

बिश्वमा दिगो शान्ति, मानव भाईचारा र नेपाली पहिचानका लागि पर्यटन पर्वधन भन्ने मूल नारालाई आत्मासाथ गर्दै नेपाललाई बिश्व सामु चिनाउने उदेश्य लिएर बिश्व साईकल यात्रामा निस्कनु भएका कार्की र खनाल अहिले स्विजरल्याण्डको राजधानी बर्नमा हुनुहुन्छ ।

२००४ डिसेम्बर ७ का दिन नेपाल बाट साइकल यात्रा गर्नुभएका टोलि अहिले सम्म ११८ वोटा देशमा बुद्द नेपालमा जन्मिएका हुन् का साथमा सगरमाथाको देश नेपाल भनेर प्रचार गर्दै आएको बताउछन । विश्व साईकल यात्राको अनुभव र आफुले बाँड्दै हिँडेको सन्देश हरेक देशमा गएर अरुलाई दिँदा आफुहरुको यात्रा प्रभावकारी रहेको छ । एक देशबाट अर्को देशको भ्रमण सहज बनाउन र सरकारी निकायबाट सुरक्षित भ्रमणको अवस्था सिर्जना गर्न सम्बन्धित देशको नेपाली मेडियाहरुको ठुलो हात रहेको हुनाले सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया