शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०३:१२
वासिङटन डिसी 17:27

न्युयोर्कमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियन सिपमा साग स्वर्ण पदकधारी सुनिल लामालाई स्वर्ण पदक

इनेप्लिज २०७३ वैशाख १३ गते २२:४८ मा प्रकाशित

sunil lama 1

२५औं हिराल्डोकाई सोवकान अन्तराष्टिृय कराते च्याम्पियन सिपमा नेपालका साग स्वर्ण पदकधारी सुनिल लामा सहित अमेरिकाको पहिलो र एक मात्र नेपाली कराते डोजो इन्टरनेश्नल पदकधारी मार्शल आर्टस एशोसियशन न्ययोर्कका खेलाडीले ४ स्वर्ण १ कास्य र ५रजत गरी जम्मा १० पदक हात पारेका छन् ।

हिराल्डोकाई सोवकान कराते डोको आयोजनामा अप्रिल २४ तारिख आईतवार न्यूयोर्कको क्विन्स स्थित इलमकोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा नेपालका साग पदक विजेता सुनिल लामा सहित इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका ९ जना खेलाडीहरुको सहभागीता रहेको उक्त च्याम्पियनसिपमा व्यक्तिगत खुला तौलको कुमिते मा नेपालको सुनिल लामाले आफनो पतिद्धन्दी पहिलाृ चरणमा मोनटोया लाई ९-३ , दोश्रो चरणमा मोहमद सलेम लाई १०-३ ,तेश्रो चरणमा डारडन सिका लाई ७-० र अन्तिम चरणमा बर्नार्ड कोलोनल लाई ९- ४ ले पछाडी पार्दै स्वर्ण पदक जित्न सफल भएका छन ।

karate

इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका १३ र्विर्षय डेचेन पेमाले व्यक्तिगत कातामा स्वर्ण र कुमितेमा रजत, १३ बर्षिय सहैला इस्लामले व्यक्तिगत काता मा रजत र कुमितेमा स्वर्ण पदक, १३ बर्षिय सहैला इस्लामाले व्यक्तिगत काता तथा कुमिते दवैमा रजत पदक, १४ बर्षिय महमद इलवौनीनी ले व्यक्तिगत कुमितेमा काश्यपदकर ७ बर्षिय रोहित खडकाले व्यक्तिगत काता मा रजत पदक जित हासिल गर्न सफल भएका छन।

karate 2
अमेरिका कराते महासंघद्धारा मान्यता प्राप्त च्याम्पियनसिपमा इन्टरनेश्नल मार्शलआर्टस एशोसियशन न्यूयोर्कको ९ जना खेलाडीहरुको सहभागीता रहेको थियो । च्याम्पियनसिपमा न्यूयोर्क राज्यको को अलावा अन्य ६ राष्ट्र्हरु क्यानाडा, डमिनीकन रीपब्लीक, भेनेजयला, पानामा र हईटीको गरी ३५० जना भन्दा वढी खेलाडीहरुको सहभागीता रहेको थियो ।

विश्व कराते महासंघका रेफ्री सेन्सी क्लिभ वेक्सटरको प्रमुख निर्देशनमा संचालित च्याम्पियनसिपमा पान अमेरिका र अमेरिकी कराते महासंघ अन्तर्गतका रेफ्री तथा निर्णायकहरु सहभागि थिए । जस मध्ये च्याम्पियनसिपम नेपाली मुलका इन्टरनेश्नल मार्शल आर्ट एसोसिएसन न्यूयोर्कका प्रमुख प्रशिक्षक शान्त थोकर र सहायक प्रशिक्षक पर्खि राई २ जना मात्र निर्णायक ( रेफ्री )सहभागी थिए ।

karate 6

प्रतिक्रिया