शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०२:४१
वासिङटन डिसी 16:56

सशांकको साख

इनेप्लिज २०७३ वैशाख १३ गते १४:४८ मा प्रकाशित

DSC07622

भर्जिनिया,अप्रिल २४ रम कांग्रेस होईन तर आजवाट म आधा कांग्रेस वने । झापा घर रहेका भर्जिनियामा वसोवास गर्दे आएका मेदिनी अधिकारीले सशांक कोईरालाको पैतालिस मिनेट लामो भाषण सुने पछि यसरी शुरु गरे । यसै गरी एउटा कुनामा वसेर प्रश्नको वर्षा गरिन शारदा सिलवालले –महिलाको आरक्षण भन्छन, तर महिलाको हैसियतले केन्द्रीय सदस्य भईसकेका व्यक्ति किन जनजाति या दलित या अरु कुनै नाममा आरक्षणमा हाम्फाल्न खोज्छन रु आईतवार करिव सत्तरी जना जति श्रोताको माझमा सशांकको रवाफिलो र चोटिलो राजनीतिक विकृतिका भाषण सुनेपछि यी दुई युवाले आफनो धारणा राखेका थिए । त्यसको प्रत्युत्तरमा कोईरालाले भने म तपाईहरुको कुरासँग सहमत छु । तपाईहरुले भने जस्तै पहिला कोही कांग्रेस वन्छ भने त्यसको लागि वुझेर मात्र कांग्रेसमा लाग्नु हुन अनुरोध गर्दछु । दोश्रो आरक्षणको नाममा समस्या समाधान नहुने भन्दै यसलाई विधान संशेधन मार्फत् परिमार्जन गर्नु पर्ने आफनो धारणा रहेको कोईरालाले वताए ।

DSC07608

यसपटक कोईराला अमेरिकाको भ्रमणमा आउँदा निकै उत्साह थपिएको देखिन्थ्या्े, उनले न्यूयोर्कमा सम्बोधन गर्दे भनेका थिए तपाईहरु नेतालाई पैसा दिएर नविगार्नुहोस् । कांग्रेसलाई पुर्नताजगी गर्न तपाईहरुको पैसा होईन विवेक र क्षमताको खाँचो छ । प्रवासमा वसेका व्यक्तिहरुको माझमा यसले निकै चर्चा कमायो । अर्कोतर्फ नेताको भाषण सुनेपछि ताली पिटने प्रवृत्तिलार्इै रोक्दै उनले भने ताली पिटन पख्नोस्,पहिला कुरा त पूरा सुन्नुहोस् । राजनीतिका विषयलाई व्यङ्ग गर्ने प्रवासीहरुको माझमा यसरी प्रस्तुत भएपछि नेपालको राजनीतिमा उदाउँदो तरिकाले पुरानो र ठूलो पार्टीको महामन्त्री वनेका कोईरालाले एक्काईसौ शताव्दिमा नेपाललाई सूचना प्रविधिसँग जोडने कुरामा पनि जोड दिए । त्यो भन्दा महत्वपूर्ण कोईरालाको यो भ्रमणमा जनसम्पर्क समितका वकवक गर्ने समूहलाई चोटिलो र धारिलो प्रहर गरे । उनले भने संस्था व्यक्ति होईन त्यसैले संस्थाको आधारमा चल्नेले विधि विधान भन्दा वाहिर जान्छ भने त्यसले कारवाही भोग्नै पर्छ । उनको यो भनाईले चौघेरामा वसेर नेताको चाकरी गरेर मन मिठो वनाउनेहरुलाई गतिलो झापड भएको छ । उनले न्यूयोर्कमा र भर्जिनियामा गरेका भाषणल् अमेरिकामा वासेवास गर्दे आएक धेरै नेपालीहरुलाई एउटा तरङ्ग उत्पन्न गराएको छ । यसले उनको साख पमिा पनि वृद्धि भएको छ । निजी भ्रमणको सिलसिलामा आएक भएता पनि पेशाले चिकित्सक डा। सशांक्ले आफना अनुभवहरुको उदाहरण दिई दिई भाषण गर्ने शैलीको विकासले उपस्थितहरुलाई ठटयौली पारामा आफना भनाईहरु राख्न सफल भएका छन् ।

DSC07595

उनले पार्टीको संरचनाको आलोचना गर्दे भने जुन जिल्लामा एउटा क्याम्पस पनि छैंन त्यो जिल्लामा नेविसंघको आवश्यकता किन परयो, अर्थात त्यो जिल्लाको सभापति र काठमाण्डौंको सभापतिको एउटै आधारमा मापन गर्न खोजियो भने त्यसले कस्तो सन्देश दिन्छ रु कार्यक्रममा कोईरालाले आफना पिताजीसँगका अनुभवलाई प्रस्तुति गर्दे भने एक पटक मैले पिताजीसँग काठमाण्डौं जाने खर्च मागे मलाई केवल साठी रुपैयाँ मात्र दिनु भयो, मैले त्यसलाई फालिदिए, उहाँले सँगै भएका केशव कोईरालालई वोलाएर सोध्नु भयो – काठमाण्डौं जानको लागि कतिखर्च लाग्छ रु केशवजीले जावाफ दिनु भयो ५६ रुपैयाँ साठी पैसा । केशवजीलाई त्यति रकम दिएपछि मलाई रिस उठयो, किन मलाई जम्मा साठी रुपैयाँ दिनु भएको रु जवाफमा विपीले भन्नु भयो –उसले मलाई परयो भने जीवन नै दिन्छ , तर तिमीलाई मैले माया ममताले यति रकम दिएको ।

DSC07588

सम्बोधनको क्रममा नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री डा।सशांक कोईरालाले मधेशको माग कांग्रेसले मात्र सम्बोधन गर्न सक्ने वताए । कोईरालाले भने कांग्रेसका तत्कालिन सभापति सुशील कोईरालाको अडानको कारणले संविधान जारी भएको हो, जुन सात दशक लामो अथक प्रयत्नवाट मात्र संभव भएको र त्यो कांग्रेसको प्रयत्नवाट मात्र संभव भएकोमा मलाई खुशी लागेको छ । कोईरालाले अव संविधान आएको छ, यसको कार्यान्वयन गर्ने जिम्मा हामीहरुको हो र त्यो जिम्मेवारी पूरा गर्न कांग्रेसको वर्तमान नेतृत्व सक्षम भएको स्पष्ट पार्नु भयो ।

DSC07590

कोईरालाले तेह्रौ महाधिवेशनले कांग्रेसमा साठी र चालिसको भागवण्डा अन्त्य गरिदिएको भन्दै अव मजवुत कांग्रेसले देशलाई समृद्ध वनाउन नेतृत्व लिने धारणा राखे ।कोईरालाले पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्दे प्रविधि मैत्री ढाँचामा अगाडि वढाउनु पर्नेमा जोड दिए, उनले भने अव हरेक गाविसलाई सूचना सञ्जालवाट जोडन म प्रयत्न गर्नेछु । जनताको हरेक समस्या केन्द्रीय सूचना प्रणालीमा जोडिनु पर्छ । त्यो भएको खण्डमा हामीहरुले गाउँको मुहार परिवर्तन गर्न सक्छौं । कोईरालाले अव नेपालले जलविद्युतको विकासमा चाँडो प्रयत्न नगर्ने हो भने विश्वभर वैकल्पिक ऊर्जाको अवधारणाले प्रश्रय पाउने संभावनालाई नकार्न नसकिने वताए । त्यो अवस्थामा नेपालले सोचेको जस्तो विजुलीको व्यापार नहुने भन्दै त्यस तर्फ सजग रहन अनुरोध गरे ।

DSC07599

सरकार परिवर्तनको विषयमा टिप्पणी गर्दे कोईरालाले भनेो – हामी सरकार परिवर्तनको पक्षमा छैंनौं । तर व्याप्त कालोवजार, भुकम्प पीडितहरुले राहत नपाएको र यस अगाडिको सरकारले दातृ निकाय मार्फत संकलन गरेको रकम समेत खर्च गर्न नसकेर यो सरकारले आफनो नैतिकता गुमाईसकेको अवस्था छ ।कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय उपसभापति केशव वराल,नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष गौतम दाहाल, च्याप्टर सभापति रामशरण हुमागाई,गोपाल विश्वकर्मा, मेरील्याण्ड राज्यका च्याप्टर सभापति राज सेन्चुरी लगायतले आफनो मन्तव्य राखेका थिए । च्याप्टर उपसभापति टंक दाहालले स्वागत मन्तव्य र महासचिव किरण लामाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

DSC07659

प्रतिक्रिया