सोमबार, कार्तिक १ २०७८
काठमाडौं २३:०६
वासिङटन डिसी 13:21

लोकतन्त्रको भजन गाएर मात्र जनताको जीवनस्तर उकासिदैन

इनेप्लिज २०७३ वैशाख ११ गते २०:२५ मा प्रकाशित

prakash 1

नेपालमा जनताको हक, अधिकारको संरक्षण, वाक् स्वतन्त्रता, जीवनस्तरमा सुधार, विकास -निर्माणमा तिव्रता, पिछडिएका वर्ग, शोषित एवं पिडितको उत्थान, सबै खाले विभेदको अन्त्यको नाममा वि.सं. २००७ साल देखि पटक-पटक परिवर्तन भएको पाईन्छ ।

जहानिय राणा शासनको अन्त्यसँगै जनताले प्रजातन्त्रको अनुभुती विभिन्न तवर र रुपमा अनुभत गरिरहेका छन् । प्रत्येक पटक उत्कृष्ट मानिएको प्रजातन्त्र र अहिले नयाँ नाम दिईएको लोकतन्त्रले जनतालाई केही हदसम्म वाक् स्वतन्त्रता दिएकै छ तापनि बोल्ने र अभिव्यक्ती स्वन्तन्त्रताले मात्रै आमनागरिकको दैनिक भोक, रोग र विपतलाई संबोधन गर्न सक्दैन त्यसका लागी राज्यले सर्वसाधरणको दैनिक र आधारभुत समस्यालाई हल गर्ने Rigid Plan बनाएर कार्यान्वयन गर्न सक्नु पर्छ ।

दुर्भाग्यनै भन्नु पर्छ जनताको भाग्यरेखा कोर्ने राज्यका निकायमा पदासिन नेताहरु र कर्मचारीतन्त्रले कहिल्यै संवेदनशील भएर जनताका आधारभुत समस्यालाई कहिल्यै पनि समाधान गर्न खोजेन बरु राजनैतिक खिचातानी र सत्ता परिवर्तन एवं भ्रष्ट नियत र मनोदशाबाट ग्रस्त भएर व्यक्तीगत स्वार्थ र प्रलोभनको चक्रव्यूहमा फसिरहे र बाहिर निस्कने हिम्मत कहिल्यै गरेनन् ।

प्रजातन्त्र वा लोकतन्त्र कुनै जादुको छडी होईन की जसलाई “फु” गर्दा बित्तिकै सारा समस्या गायव भएर गईहाल्ने । यसलाई परिचालन गर्ने वा नेतृत्व गर्ने व्यक्तीहरुमा ईमान्दारिता, नैतिकता, संवेदनशीलता, ईच्छा शक्ती, दुर्दर्शिता, समस्या समाधन गर्ने तत्परता, योजनावद्ध कार्यशैली, फराकिलो सोच, जनउत्तरदायीत्व, सुशासन कायम गर्ने क्षमता, नेतृत्व क्षमता, कार्यकुशलता एवं गतिशिलता जस्ता क्षमता हुनै पर्छ । अन्यथा पर्याप्त र आवस्यक सामाग्री हुँदाहुँदै पनि भान्सेले खाना नमिठो पकाए जस्तै हुन्छ ।

नेपालमा त नेता र कर्मचारी वर्गहरुले भान्सामा खाना पकाउनै चाहेनन् बरु भान्साको लागी ल्याउन लागिएको सामाग्रीनै आफैले गायव बनाएर परिवारका आश्रित व्यक्तीहरु/सदस्यहरु भोको पेट लिएर एकोहोरो भोक र तिर्खा लागेको बिलाउना गरिरहे तर भान्सेहरु मिठो लोहोरी गित गाएर अवोध बालकलाई निद्रामा राख्न खोजे झै दशकौ सम्म गरिरहे । भोक, रोग, अभावले ग्रसित पिडित जनताहरु मिठो भाषणका पकवान खाँदै नेताहरुको पछि पछि जिन्दावाद र मुर्दावादको नारा २००७,२०३६,२०४६,२०६२/६३ साल सम्म लगातार लगाउँदै आए र सत्तामा आफ्ना भनिने ध्रुत दानवरुपी नेताहरुलाई ससम्मान पदासिन गराए ।

विकासका बाधक र परिवारवादका शासकहरुलाई समेत नारायणहिटीबाट सदाका लागी धपाएर जनताको छोरा-छोरीलाई राज्यको सर्वोच्च पदमा पुर्याए तर कसैले पनि जनताको न भोको पेट देखे, न नांगो शरिर, न चुहिने छाना, औषधीमुलो नपाएर अकालमा गएको ज्यान, रोजगारी नभएर लाखौ विदेशिन बाध्य हुनेको समस्या, समाजमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, असमनता, विभेद जस्ता कुरामा सधै आँखा चिम्लिनै रहे ।

प्रजातन्त्र भनेको केवल एकसरो बोल्न पाउने अधिकार र राजनैतिक पार्टी एवं संघ-संस्था खोल्न पाउने छुट मात्रै नभएर जनताको आधारभुत आवस्यकता सर्भसुलभमा पुरा हुन सक्नु र उनीहरुको जीवनस्तर समेत उकासिनु हो भन्ने जनताले अनुभुत अझै कत्ति पनि गर्नै सकेनन् ।

रु त कुरै छोडौ, भुकम्पले तहसनहस भएर सखाप भएका बस्तीहरुमा अझै सम्म पीडा र चित्कारको आवाजलाई कम गर्न राज्यले खासै सकारात्मक र तड्कारो पहल गर्न सकेन । भुकम्पले थलिएको एक बर्ष वितिसक्दा समेत न ढलेका बास ठडिन सके, न आफन्त गुमाएकाले राहत समेत पाउन सके । दैनिक जसो आश्वासन कुरेर निर्दयी राज्यको सौतेली व्यवहार सहेर बस्न बाध्य भएका छन् पिडित क्षेत्रका जनताहरु । कहिकतैबाट छोटो समयमै पुनर्निर्माण र पुनर्वासको कामले सार्थकता पाउने छाँटकाँट देखिएको छैन ।

यस तर्फ राज्य छिट्टै लाग्नु पर्ने नत्र सिंहदरबार र बालुवाटारलाईनै कव्जामै लिएर भएपनि पिडितले राहत पाउनु पर्ने हुन्छ । विपतमा परेकाले त समयमा राहत नपाउने देशमा सामान्य नागरिकले आधारभुत समस्याको समाधान होला भनि आश गर्नु कति उपयुक्त हुन सक्ला ।

यति भनिरहँदा निराशाकै पहाडले थिचेर मर्नु भन्दा आमरुपमा जनताहरु जागेर राज्यको आँखा खोल्नु जरुरी छ । भ्रष्ट र वेविचारी नेताहरुलाई ग्रामिण क्षेत्रमा प्रवेश निषेध गरेरै भए पनि सवक सिकाउनु पर्छ । नेता र पार्टीहरुको पुच्छर भएर गलत कामको पनि देखे न देखे गरेर बस्नु भनेको झनै ठुलो अपराध गर्नु हो । सही कामलाई प्रोत्साहन र गलत कामको पर्दाफास गर्ने र जनचेतना फैलाउने काम गरौ । देश र जनताको नाममा ब्रहमलुट मच्चाउनेको विरुद्ध लाग्न सबै एक हुन खोजौ । हामी सबै फोहोरी राजनितीबाट अाजित छौ र राजनिती सुधार्नु जरुरी छ जव सम्म राजनिती सुध्रिदैन तव सम्म जतिसुकै रेमिटेन्स नेपालमा भित्रे पनि र वैदेशिक सहायता प्राप्त भएपनि बालुवामा पानी खनाए सरह नै हुनेछ ।

अत: जनता जागेर भ्रष्ट र व्यक्तीगत प्रलोभनमा क्रियासिल नेता, कर्मचारी र समाजसेवाको ट्याग लागेका सबै व्यक्तीहरुलाई सही मार्गमा हिड्न सिकाउ, जनता जागरुक हुन सके अवस्य देशले एउटा निर्णायक स्थिती र बाटो अवस्य लिनेछ । जव हरेक जनताको चुलोमा बिहान -बेलुका खाना पाक्नेछ , रोजगारीले अतालिएर विदेशको गल्ली चाहार्नेहरुको समस्याको अन्त्य हुनेछ, शिक्षाको ज्योती र जनस्वास्थ्यको सेवा सर्वसुलभ हुनेछ , कृषिमा व्यवसायिकताको विकास हुनेछ, कलकारखानाहरु हरेक ठाउँमा खुल्नेछन् तव मात्र प्रजातन्त्र वा लोकतन्त्र र गणतन्त्र आएको औचित्य सावित हुनेछ । यस तर्फ राज्य र सरोकार निकायहरुको आँखा समयमै खुल्न सके मात्र लोकतन्त्र एवं गणतन्त्रको औचित्य र महत्व रहनेछ ।

प्रतिक्रिया