गोरखामा एनआरएनले बस्ती स्थानान्तरण गर्ने, महामहिम राष्ट्रपति स्वयं उपस्थित हुने

इनेप्लिज २०७३ वैशाख ११ गते १५:२१ मा प्रकाशित
nrnalatestlogokrishnakcusa
२३ अप्रिल २०१६, कृष्ण के.सी, अमेरिका

महाभूकम्पको लगभग ११ महिना पछि एनआरएनको भूकम्प पीडितहरुलाई १००० घर बनाउने प्रस्तावलाई नेपाल सरकारले स्विकृती दिएको छ । हुनत लाइन्स क्लव र अरु थुप्रै संस्थाहरुलाई स्विकृती नदिएर पैसा देउ हामी आँफै बनाउछौ भन्छ नेपाल सरकार भनेर एकजना लाइन्स डिस्ट्रिक गभर्नरले भनेका थिए ।
गैर आबासीय नेपाली संघले तत्काल गोरखा र सिन्धुपालचोकमा गरी १००० घर बनाउने प्रस्तव गरेको थियो । राष्ट्रिय पूनःनिर्माण प्राधिकरणको सहजीकरण समितिको हालै बसेको वैठकले गैर-आवासीय नेपाली संघको घर बनाएर वस्ती स्थानान्तरण गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यस अघि ३० मार्च २०१६ मा प्राधिकरणले गोरखाको लाप्राकमा स्थलगत अध्ययनका लागि पत्राचार गरेको थियो । सोही अनुरुप गत ५ अप्रिल २०१६ मा एनआरएनए नर्थ अमेरिकाका क्षेत्रीय संयोजकले एनआरएनको तर्फबाट सो स्थलगत अध्ययन र लाप्राकको गाउँको बैठकमा सभागी भएका थिए ।

हालै गैर-आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद र नेपाल सरकारवीच हुने सम्झौता गोरखाको लाप्राक गाउँमा हुने भएको कुरा संस्थाकी प्रवक्ता रन्जु वाग्ले थापाद्वारा जनाइएको छ । पुन:र्निर्माणमा
महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीको धेरै चासो रहेकोले महामहिम राष्ट्रपती ज्यू स्वयं समेत आइतबार लाप्राक गाउँमा उपस्थित हुने कुरा प्रवक्ता थापाले जानकारी गराइन । थापाका अनुसार उक्त सम्झौता लाप्राक गाउँ बिकास समिति गुम्सिपाखामा दिउँसो १ बजे हुने छ । सम्झौतामा पुनःनिर्माण प्राधिकरण, शहरी विकाश मन्त्रालय र गैरआवासीय नेपाली संघवीच त्रिपक्षीय हस्ताक्षर हुनेछ । यसैक्रममा गैर-आवासीय नेपाली संघका अध्यक्ष शेष घले काठमाण्डौ पुगेका छन् ।
पुरानो लाप्राकवस्ती भन्दा केही माथि रहेको डाँडाँमा अहिले लाप्राकबासी पाल टाँगेर बसिरहेका छन् । बिगतको अध्ययन र हालको बस्तिको अवस्थाका केही तस्बिर भने एनआरएन उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाबाट प्राप्त भएको हो ।

News Link:

http://ehubnepal.com/%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%8F%E0%A4%A8%E0%A4%86%E0%A4%B0%E0%A4%8F%E0%A4%A8%E0%A4%B2%E0%A5%87-%E0%A4%AC%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%80-%E0%A4%B8/

प्रतिक्रिया