बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १८:२५
वासिङटन डिसी 08:40

फिफाद्धारा गणेश थापाको अपिल खारेज

इनेप्लिज २०७३ वैशाख ११ गते १३:३९ मा प्रकाशित

news on Belzium (1)-page-001

काठमाडौं, ११ बैशाख । अखिल नेपाल फुटबल संघका तत्कालीन अध्यक्ष गणेश थापाले आफ्नो प्रतिवन्धविरुद्ध गरेको अपिल फिफाले खारेज गरेको छ ।अपिल कमिटीले थापाको अपील पूर्ण रुपमा खारेज गरेको हो ।

यससँगै थापा तत्काल फुटबलमा फर्कने सम्भावना टरेको छ । भ्रष्टाचारको आरोपमा फिफाले गत कात्तिक २९ मा एन्फाका तत्कालीन अध्यक्ष थापामाथि फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरी १० वर्षको प्रतिवन्ध लगाएको थियो । साथै झण्डै २१ लाख जरिवाना गरेको थियो ।

फिफाको प्रतिवन्धपछि एन्फाबाट बाहिरिएका थापाले त्यसविरुद्ध अपिल गरेका थिए । थापाको अपिल खारेज गरिएको फिफाको वेबसाइटमा उल्लेख छ ।

प्रतिक्रिया