रिपोर्टर्स क्लव पुगेर नेताहरूले बल्ल थाहा पाए ‘लोकतन्त्र संकटको घेरा’मा परेको

इनेप्लिज २०७३ वैशाख ११ गते १३:१४ मा प्रकाशित

news on Belzium (1)-page-001

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका नेता रमेश लेखकले जनआन्दोलन–२ का मुद्दाहरू सम्बोधन भएपनि कार्यान्वयन गर्न कठिन र चुनौतिपूर्ण रहेको बताउनुभएको छ । उहाँले उपलब्धिहरू रक्षाका लागि नलागे मुलुकको राजनीतिक व्यवस्था नै संकटमा पर्ने चेतावनी दिनुभयो । रिपोर्टर्स क्लब नेपालले जनआन्दोलन–२ को एक दशक पुगेको अवसरमा आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले जनआन्दोलन–२ पूरा भएको एकदशक वित्दा यो अवधिमा मुलुकले ठूल–ठूला उपलब्धि हासिल गरेको दाबी गर्नुभयो । उहाँले अब मुलुकलाई आर्थिक क्रान्तिको बाटोमा डा¥याउने तर्फमा सबैजना लाग्नुपर्ने बताउनुभयो । लेखकले भन्नुभयो, ‘संविधान जारी भएपछि मुलुकमा संघीयता, समावेशी चरित्रको समाज निर्माण गर्ने कुराको व्यवस्था भयो तर यसलाई कार्यान्वयन गर्न बाँकी छ, त्यतातर्फ ध्यान दिनुपर्छ ।’ संविधान सर्वस्वीकार्य हुन नसकेपनि यसको पूर्ण कार्यान्वयनको सुनिश्चित्तता, आर्थिक क्रान्तिको आधार तय गर्ने लगायतका विषयमा गम्भीर भए जनआन्दोलन लगायत विभिन्न कालखण्डमा भएगरिएका आन्दोलनबाट प्राप्त अधिकारको सुनिश्त्तिता हुनसक्ने नत्र राजनीतिक पद्धतिमै प्रश्नचिन्ह खडा हुनेतर्फ समेत नेता लेखकले ध्यानाकार्षण गराउनुभयो । एमालेकी नेतृ रामकुमारी झाँक्रीले ०६२/६३ जनआन्दोलन पूरा भएको १० वर्ष पुग्दा यो अवधिमा मुलुकमा थुप्रै उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै प्राप्त उपलब्धि संस्थागत गर्ने कुरामा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवम् बुद्धिजीवीहरू सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो १० वर्षको अवधिमा मुलुक हिसात्मक युद्धबाट शान्ति प्रक्रियामा होमिएको छ, समाज विकासमा ठूलो परिवर्तन भएको छ, संविधान बनेको छ, त्यसैले आर्थिक उन्नतीको दिशामा अघि बढ्न सबै लाग्नुपर्छ ।’ सर्वस्वीकार्य संविधान बन्न नसकेपनि संविधान संशोधनीय भएको बताउँदै उहाँले भन्नुभयो, ‘९१ प्रतिशत जनताको प्रतिनिधित्वबाट अनुमोदन भएको संविधानमा कसैको चित्त नबुझ्नु स्वभाविक हो, तर यही संविधानलाई लिएर नाकाबन्दी लाद्नु र यसलाई अनेक नामका राजनीतिक रंग दिने काम समेत भए ।’ नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जनआन्दोलन–२ पूर्ण लोकतन्त्रको लागि गरिएको उल्लेख गर्दै सबैको साझा संविधान र सर्वस्वीकार्य नबनेसम्म अर्को आन्दोलन भैरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पनि जनआन्दोलन २ मा पूर्ण लोकतन्त्रको लागि होमिएकै हौं, तर जनआन्दोलनले देखाएको बाटोबमोजिम संविधान बनेन, यसले त मेधशी, जनजाति, पिछडिएको वर्ग, आदिवासी, जनजाति लगायत अधिकारबाट बञ्चित सबैलाई पाखा लगाउने काम गरेको छ ।’ नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले लोकतन्त्र दिवसलाई सम्झिने दिनको रुपमा मात्रै लिनुपर्ने बताउँदै उत्सव मनाउने दिनको रुपमा लिन नहुने बताउनुभयो । डा. दीक्षितले दोस्रो जनआन्दोलनपछि जनताले आफ्ना अधिकारहरुबारे बोल्न मात्रै पाएको तर अधिकार सुनिश्ति भैनहालेको उल्लेख गर्दै अब पूर्ण अधिकार सुनिश्ति हुनुपर्ने माग गर्नुभयो । संघीय गठबन्धनका नेता पासाङ् शेर्पाले सिँगो नेपाली जनताले लोकतन्त्र प्राप्तिको लागि सडक संघर्ष गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक दल र यसका हिमायतीहरुले पुरानै रवैया देखाएको आरोप लगाउनुभयो । उहाँले भन्न भयो, ‘हामीले जेका लागि सडकसंघर्ष गर्‍यौं, तर लोकतन्त्रका हिमायतीहरुले त्यसको ठिक उल्टो काम गरिरहेका छन् ।’ जनआन्दोलन घाइते समाजका अध्यक्ष मेघराज आचार्यले जनआन्दोलनमा आफूहरूले ज्यानको प्रवाह नै नगरी योगदान पु¥याएको तर सरकारले आफूहरूलाई पाउँदै आएको स्वास्थ्यसेवा समेत बन्द गराए उपहार दिएको भन्दै गुनासो पोख्नुभयो ।

प्रतिक्रिया