अमेरिका आउन चाहन्न थिए ,आए ,अब तीन करोड नेपाली आउन !

इनेप्लिज २०७३ वैशाख ११ गते ११:३९ मा प्रकाशित

 

bijay-21

सत्य ,धरोधर्म म अमेरिका आउन चाहन्नँ थिए l तर अमेरिका आए l मानिसलाई पुगी सरि आए विदेश जान मन गर्दैनन l अझ पनि लाखौ मानिस अमेरिकामा आउन चाहदैनन् l थुर्पै कारणले मानिसले त्यस्तो निर्णय गर्दछन l तर म भन्छु सबैलाई अमेरिका आउने अवसर मिलोस l

अमेरिका आउन पारिवारिक प्रायोजकको लागि आफुले झन्डै आउन १२ बर्ष पर्खनु पर्यो l अमेरिका जानु पर्ने भो भन्दा मनमा नमज्जा लागेको थियो l बिबिध परिकल्पनामा डुबेको थिए l नेपालमा ईलम नराम्रो थिएन l दुई पाङ्ग्रे र चार पांग्रे सवारी साधन चलाउन भाग्यले पाएको थिए l

दुख सुख जीवन गुजारा चलाई रहिएको थियो l सानो परिवार भएकोले धेरै चिन्ता गर्नु पर्ने अवस्था पनि थिएन l तर भबिष्यमा के गर्ने ठुलो सपना बुनेको थिइन् l धनि हुने परिकल्पना पनि थिएन र अहिले पनि छैन l

सन्तोषम परम सुखम भन्ने सिद्धान्त बोकेर हिडेको थिए l अमेरिकामा गएर काम गर्न सक्छु जस्तो आँट थिएन l नेपाल छोड्दा राजिनामा नदिई अमेरिका हानिएको थिए l तर भाग्यले साथ दियो l पुर्पुरोले साथ दिदा अमेरिका आएको भोलि पल्ट देखि नै जागिर पाए l अहिले सम्म त्यहि ठाउँ नै अडेको छु र दुई चार पैसाको मुखको लागि अन्य ठाउँमा मन डुलाईन किनकी आफुले यसैमा सन्तोष मानेको छु l

अमेरिका आए पछि रमाउदै गए l करिब २ बर्ष लाग्यो अमेरिकामा चुलबुले मनलाई स्थिर गर्न र सामान्य स्थिति पार्न l परिवारलाई छोडेर नेपाल फर्कन्छु भनेको आज झन्डै १० बर्ष पो हुन् थालेछ l मैले जस्तो अरुले पनि यस्तै भन्छन अमेरिकामा l यस्तै भन्नेहरु ३० बर्ष ४० बर्ष भएका नेपाली अमेरिकामा नै छन् l न्युनतम मानिस नेपाल फर्कन्छन l

अमेरिका आए पछि अब मातृभूमि जान मन लागेता पनि एक अभिभावक भएकोले चटक्क छोड्न नसक्ने भएछु l देश प्रेम र राष्ट्रियता भन्न्दे शब्द मिठो लागेता पनि म मा त्यो गौण वन्दैछ कि जस्तो लाग्न थालेको छ l

अमेरिका साच्चै नै गज्जबको देश रहेछ l हरेक कुरा सम्भव रहेछ l नेपाल जस्तो मेहनत गरे अमेरिकामा धेरै ठुलो फड्को हानिन्छ l अमेरिका शान्त र सबैलाई अवसर पाईने देश l काम गर्ने लाई जताततै सुन नै सुन छ l पौरख गर्ने र पाखुरी चलाउनेले डलर नै डलरको खेति गर्न सक्ने देश अमेरिका बनेको छ l

मान्छेले कमाए पनि अरुको आँखा नलाग्ने देश अमेरिकामा l उमेर छदा काम गरे सबैको भविष्य उज्ज्वलमय बनाउने देश अमेरिका l काम गर्ने प्रवृति र उत्साह भएकाले कहिले दुख नपाउने देश अमेरिका l काम गर्नेलाई चुम्बकीय शक्तिले तानेको तान्नै गर्ने देश अमेरिका l मेहनतीलाई गुमाउन नदिने देश अमेरिका l परिश्रमीलाई देश नफर्की भन्ने देश अमेरिका l

जस्तो प्रकारको काम गर्ने चाहनेले ठिक्क त्यस्तै प्रकारको कामको मौका पाउने देश अमेरिका l कसैलाई काखा र कसैलाई पाखा नलगाउने देश अमेरिका l अमेरिका देखि अति रमाएकोले आफु भलो त जगतै भलो भन्ने नेपाली उखान झैँ नेपालका सबै मानिस अमेरिका आउन पाउन भन्ने लाग्न थालको छ l पशुपतिनाथसंग अमेरिकाबाट कामना नै गर्न मन लागेको छ ।

भगवानले सवैको मनचिन्ते पूरा गरून ! अमेरिका सबै आउन भन्ने भित्रि इक्षा जागेको छ । अमेरिका जान्न कसैले भन्नू नपरोस । यस्तो हठ प्रवृति कसैको मनमा नआओस् l भुलेर पनि कसैको मुखमा यस्तो कुरा ननिक्लोस l अमेरिका गएर भाडा मोल्ने हो भन्ने शब्द पनि ननिक्लोस l आकाश जमिनको फरकको अनुभूति गरिने देश अमेरिका l

अमेरिका आए ७ पुस्ताले तपाईलाई भगवान मान्ने छन् l तपाईलाई पूजा गर्ने छन् l भाबी पिढीहरुले सुनौलो संसार बनाउने छन l उनीहरुले परिकल्पना गरेको स्वर्ग उनीहरुले यहाँ प्राप्त गर्ने छन् l लालन पालन ,पढाई शिक्षा दिक्षा दिनु र उनीहरुलाई राम्रो बाटो देखाउनु अविभावकको यो धर्म हो l

अमेरिकामा म चारै तर्फ हरियाली देख्छु l सबै तिर फुल नै फुल देख्छु l चिर निन्द्रामा सुत्छु l सन्तोष नै सन्तोष भएको महसुस गर्छु l चन्द्रमा अहिले सम्म दाहिने नै भएको देख्छु l सकारात्मक नै सकारात्मक देख्छु । भबिस्य सून्दरमय भएको अनुभूति गर्छु l

अमेरिकन सरकारले चिट्ठाको अवसर दिएकोले यस्तो सुनौलो मौका कसैले गुमाउनु न परोस l कहिले चिट्ठा (बिबिधता चिट्ठा ,डिभी )भरेको छैन र भर्दीन भनि ३ करोड नेपालीले भन्नु नपरोस l सबैले डिभी भरेको देख्न परोस l सबैले अमेरिका आउन पाउने अवसर मिलोस l

अब हात बानेर चुप्प लागेर ३ करोड नेपालीलाई बस्नु नपरोस l ३३ कोटी देवतालाई दुवै हात जोर्दै तीन करोड नेपालीलाई नै अमेरिका जाने मौका मिलोस ! सबैलाई अमेरिकामा स्वागत गर्न पाउने अवसर पनि मिलोस l आगामी दिनमा अत्यधिकलाई चिट्ठा परेको सुन्न पाईयोस l सपनाको संसार अमेरिका भन्ने देश हामी सबै नेपालीलाई आउने पक्का होस् l

शुभकामना सहित छिट्टै यहाहरु संग भेटघाट हुने मौका मिलोस l हार्दिक शुभकामना l

प्रतिक्रिया