आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:२६
वासिङटन डिसी 08:41

डिसीमा उपप्रधान मन्त्रि कमल थापा संग अन्तरक्रिया र नेपाली समुदाय सहभागी हुन् पाउने

इनेप्लिज २०७३ वैशाख १० गते १०:५१ मा प्रकाशित
Kamal Thapa
नेपालका उप प्रधानमंत्री तथा राप्रपाका अध्यक्ष कमल थापा संग डिसी स्थित युनाईटेड स्टेट्स ईन्सटिट्युट अफ पिस नामक संस्थाको आयोजना अन्तरक्रिया कार्यक्रम हुने भएको छ l र उप प्रधान मन्त्रि थापाले उक्त कार्यक्रममा सम्बोधन समेत गर्नु हुने भएकोले डिसी क्षेत्रमा बसोबास गर्ने ईक्षुक नेपाली समुदायले सहभागी हुन् पाउने भएका छन् l

US Institute of Peace नामको अमेरिकाको सरकारी निकायले आगामी अप्रिल २५ तारिख सोमबार ३.४५ बजे कमल थापासंग एक अन्तरक्रिया कार्यक्रम राखेको छ lअमेरिकी सरकारका सहायक बिदेशमंत्री निशा बिश्वाल देसाई पनी कार्यक्रममा सहभागी हुने छिन l साधारण नेपालीले प्रवेश सरल रुपमा नपाइने उक्त स्थानमा यो नेपाली समुदायको लागि ठुलो अवसर भएकोले यसको लागि अग्रिम रुपमा आरएसभीपी RSVP अनिवार्य रुपमा लिनु पर्ने छ l

उक्त कार्यक्रममा प्रवेश गर्दा सुरक्षा जाचमा समय ज्यादा लाग्ने हुनाले समय भन्दा अगाडी पुग्नु हुन् नेपाली समुदायलाई आग्रह गरिन्छ l

Venue / ठाउ कहाँ हो त ?

भर्जिनियाको Rosslyn बाट वाशिंगटन डिसी जाँद़ा पुल तरेर सक्ने बित्तिकैको पहिलो ट्राफिक लाईटको देब्रे तिर देखिने भवन US Institute of Peace हो l

ठेगाना हो
2301 Constitution Ave., NW
Washington, DC
Date: 25 April, Monday
Time: 3.45 PM

Online RSVP गर्नको लागी 
http://www.usip.org/events/nepal-earthquake-one-year-later-deputy-pm-addresses-political-process-lessons-the-response

http://www.nepalembassyusa.org/upcoming-events/

 


प्रतिक्रिया