भक्स वागनको रोजाईमा परिन नाई नभन्नु ल कि नायिका आँचल

इनेप्लिज २०७३ वैशाख ८ गते १३:५२ मा प्रकाशित

Onsari-Gharti-Savamukha-768x576

काठमाडौं । चलचित्र नाई नभन्नु ल ४ को सफलतासँगै सो चलचित्रबाट अभियनमा आएकी आँचल शर्मा दवाडीलाई मोडलिङमा भ्याईन नभ्याई छ । गत वर्ष युहान इन्टरनेशलद्धारा आयोजित मिस प्लस टु नेपाल-२०१५को उपाधि जितेपछि उनी यो चलचित्रमा चयन भएकी थिईन् । नाई नभन्नु ल ४ को सफलतासँगै आफुलाई अन्य चलचित्रमा पनि अभिनयको प्रस्ताव आएको उनले बताईन् । त्यसोत उनको मोडलिङमा कर्पोरेटको हेराई पनि फरक भएको छ । यसै बीच यी अभिनेत्री विश्व प्रसिद्ध मोटर कम्पनी भक्स वागनको रोजाईमा परेकी छिन् । भक्स वागनले आगामी २४ र २५ बैशाखमा भक्स वागन कार्निभल गर्दैछ । सो कार्निभलको लागि न्यु फेशबाट अभिनेत्री आँचललाई भक्स वानगले चयन गरेको छ । भारतका प्रसिद्ध जादुगर कृष्ण भण्डारी समेत सहभागी हुने सो कार्निभलमा विभिन्न कार्यक्रम हुनेछ । आफुलाई भक्स वागनको भेन्टो कार साह्रै मन परेको र सोही कम्पनीको न्यु फेस मोडलको रुपमा चयन हुन पाएकोमा खुसी लागेको यी अभिनेत्रीले बताईन् । भक्स वागनको कार्निभलमा आफुलाई दिईने जिम्मेवारीलाई सफल पार्ने पनि यी अभिनेत्रीले बताईन् ।

प्रतिक्रिया