शनिबार, असोज ३० २०७८
काठमाडौं ०७:५३
वासिङटन डिसी 22:08

न्युयोर्कको निर्वाचनमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रंपको शानदार जित

इनेप्लिज २०७३ वैशाख ८ गते १०:४४ मा प्रकाशित

HILARY-3

गत अप्रिल १९ तारिख मंगलबार भएको न्युयोर्कमा भएको अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा डेमोक्रेटिक दल कि सशक्त उम्मेदवार हिलारी क्लिन्टनको शानदार विजय भएको छ l क्लिन्टनले डेमोक्रेटिकका प्रतिद्वन्दी बर्नी स्याँडर्सलाई हराएकी छिन् l

उनले आज भएको न्युयोर्कको निर्वाचनमा ५७. ९ प्रतिसत मत प्राप्त गरि बिजयी हासिल गरेकी छिन् भने प्रतिद्वन्दी बर्नी स्याँडर्सले ४२.१ प्रतिसत मत प्राप्त गरेका छन् l कुल खसेको मत मध्ये क्लिन्टनले १० लाख ३७ हजार ३ सय ४४ मत प्राप्त गरेकी छिन् भने स्याँडर्सले ७ लाख ५२ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् l

यसै गरि रिपब्लिकन का डोनाल्ड ट्रंपले ६०.५ प्रतिसत मत प्राप्त गरि बिजयी हासिल गरेका छन् l उनका प्रतिद्वन्द्धि केसिचले २५.१ प्रतिसत मत प्राप्त गरि दोश्रो स्थानमा रहेका भने क्रुजले १४.५ प्रतिसत मत प्राप्त गरेका छन l डोनाल्ड ट्रंपले ५ लाख १८ हजार ६ सय १ मत प्राप्त गरि शानदार बिजयी भएका छन l

US Republican presidential candidate Donald Trump speaks at a campaign stop in Spencer, Iowa December 5, 2015. Photo: Reuters

न्युयोर्कमा भएको निर्वाचनमा मतदाताहरुले सबै भन्दा आर्थिक समस्या तथा जागिरको मुद्धा उठाउने उम्मेदवारलाई मतदान गरेका छन् l रिपब्लिकन का डोनाल्ड ट्रंपले अहिले सम्म ट्रंप ८ सय ४७ डेलिगेट प्राप्त गरेका छन् भने हिलारी क्लिन्टनकले अहिले सम्म १ हजार ४ सय ४३ डेलीगेट आफ्नो पक्षमा पारि सकेकी छिन् l क्लिन्टनले ४ सय ८७ सुपर डेलिगेट हात परेकी छिन् l

युवाहरु को अत्यधिक मत डेमोक्रेटिकका प्रतिद्वन्दी बर्नी स्याँडर्सलाई गएको छ भने ३० बर्ष माथिका मतदाता तथा ६५ बर्ष माथिका मतदाताले हिलारी क्लिन्टनलाई मतदान् गरेको सर्वेक्षणले देखाएको छ l आगामी मंगलबार ५ वटा राज्यमा महा मंगलबार प्राथमिक निर्वाचन हुदैछ l

प्रतिक्रिया