शनिबार, असोज ३० २०७८
काठमाडौं १५:४१
वासिङटन डिसी 05:56

अमेरिकाको नेपाली दुतावासका उपनियोग प्रमुख ऋषीराम घिमिरे म्यानमारको लागी नेपाली राजदुत

इनेप्लिज २०७३ वैशाख ८ गते ८:४६ मा प्रकाशित

ImageProxy-300x261

अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासका उपनियोग प्रमुख ऋषीराम घिमिरेलाई नेपाल सरकारले म्यानमारको लागी नेपाली राजदुतमा सिफारिस गरेको छ l

राजदुत नियुक्तीको लागी मंगलबार बेलुकी बसेको नेपाल सरकारको क्याबिनेट बैठकले २१ मुलुकका लागी राजुद्त नियुक्तीको निर्णय गर्दै ऋषीराम घिमिरेलाई म्यानमारको लागी नेपाली राजदुत पदमा सिफारिस गरेको हो l

अब म्यानमारमा भर्खरै बनेको आङ्ग साङ्ग सुचीको सरकारबाट एग्रिमो र नेपालको संसदीय सुनुवाईको प्रक्रिया पुरा गरेर ऋषीराम घिमिरे महामहिम नेपाली राजदुतको रुपमा म्यानमार जानेछन् l म्यानमारका राष्ट्रपती समक्ष राजदुतको ओहदाको प्रमाणपत्र पेश गर्नु अघि संसारैभरी चर्चित नेत्री आङ्ग साङ्ग सुची संग ऋषीराम घिमिरेको भेटघाट हुनेछ l

किनभने तिन हप्ता पहिले मात्रै म्यानमारमा नयाँ सरकार गठन हुँदा राष्ट्रपती कार्यालयको प्रमुख र पररास्ट्रमंत्री आङ्ग साङ्ग सुची भएकी छिन् l

गुल्मी जिल्लाको धुर्कोट राजस्थल गा. बि. स. वोडा नम्बर ६ स्थायी घर भएका ऋषीराम घिमिरे पररास्ट्र मन्त्रालयको शाखा अधिकृत पदमा नियुक्त भई २०४५ सालमा पररास्ट्र सेवामा प्रवेश गरेका हुन् l

नेपाली दुतावास बंगलादेश, सार्क सचिवालय, नेपाली दुतावास कतारमा कन्सुलर भैसकेका घिमिरे हाल अमेरिकाको नेपाली दुतावासमा उपनियोग प्रमुख हुनुहुन्छ l अमेरिकाको उपनियोग प्रमुख नेपाल सरकारको अधिकृत स्तर प्रथम श्रेणी तहको दर्जा हो l भारत र अमेरिकाको ऊपनियोग प्रमुख मात्रै प्रथम श्रेणी फस्ट क्लास स्तरको सहसचिब हुने गर्दछ l

त्रिभुवन विश्व बिद्यालयबाट जन प्रशासनमा एम. पि. ए. उत्तिर्ण गरेका प्रस्तावित राजदुत ऋषीराम घिमिरेले अन्तरास्ट्रिय सम्बन्ध बिषयमा फ्रान्सबाट मास्टर्स गर्नु भएको छ l नेपाल सरकारले म्यानमारको लागी नेपाली राजदुत पदमा सिफारिस गरेको खुसियालीमा ऋषीराम घिमिरेज्युलाई ईनेप्लिज डट कम को तर्फबाट पनी बधाई छ l

प्रतिक्रिया