शनिबार, असोज ३० २०७८
काठमाडौं ०९:०७
वासिङटन डिसी 23:22

पूर्व युवराज पारसले भाकाभक हिर्काएपछि…

इनेप्लिज २०७३ वैशाख ८ गते ३:१३ मा प्रकाशित

Paras-Shaha-648x600काठमाडौं, ८ वैशाख । नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन बंगलाबाट आफूनिकटलाई शुभकामना सन्देश पठाए, जसमा पहिलोचोटि सारा परिवारको रंगीन तस्बिर टाँसिएको छ ।

पारस छेउमा बसेका छन्, ख्याउटे मुद्रामा । उनै ख्याउटे पारसले बाबुसँग पैसाको निम्ति झगडा गरेको र उनका व्यापारिक साझेदारको भाइलाई पर्यटकीय नगरी पोखरा गएर कुटेको खबर बाहिर आइसकेको छैन ।

एक दिन पारसले बाबुसँग २५ लाख माग गरे । ‘केलाई चाहियो त्यत्तिका पैसा ? मसँग कहाँ छ र ?’ भन्दै पासरले ‘म पोखरा घुम्न जान्छु’ भने । बाबुले सोल्टी होटलछेउ बस्ने प्रभावकर शम्शेरलाई भेट्न अह्राए ।

प्रभाकरले पोखरामा फिस्टेल होटल चलाएर बसेका भाइ प्रदीप राणालाई भेटन भने । फिस्टेल शाहज्यादी हेलेनपुत्री जयन्तीको नाममा छ ।

जयन्ती प्रभाकर शम्शेरकी भाञ्जी हुन्, उनी दरबार हत्याकाण्डमा मारिएकी थिइन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

पासरले उनै प्रदीपसँग गएर ‘मलाई पैसा देउ’ भन्दै कराए । प्रदीपले घरबाट निकालेर पाँच लाख दिए । ‘यति छ, मलाई यति नै दिनु भनेको हो’ भन्न नभ्याउँदै त्यो पैसा मुठ्याएर पासरले प्रदीपलाई भकाभक हिर्काउन थाले । वरिपरिका मान्छेले झगडा छुट्टाए ।

प्रतिक्रिया