भर्नाको नाममा निजी विद्यालयको ब्रह्मलुट

इनेप्लिज २०७३ वैशाख ८ गते २:५८ मा प्रकाशित

Schoolकाठमाडौँ, ८ बैशाख । अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सरकारकै मिलेमतोमा निजी विद्यालयले भर्नाको नाममा आर्थिक लुट मच्चाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले  सरकारले निर्देशिका लागू गरेजस्तो गर्ने तर निजी विद्यालयले त्यसलाई लागू नगर्ने गर्दा विद्यार्थी भर्नामा ब्रह्मलुट मच्चिएको बताए ।

कार्यक्रममा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले सरकार निजी विद्यालय बन्द गराउन अग्रसर बनेको आरोप लगाए ।

नयाँ शैक्षिकसत्रदेखि शुल्क निर्धारणको विषयले महत्व पाउने भए पनि सरकारले नै दुविधा सृजना गर्ने गरेकाले शुल्क निर्धारणमा वैज्ञानिक पद्धतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले सरकारले जारी गरेको निर्देशिका नियमावली विपरीत रहेको भन्दै एक प्रतिशत निजी विद्यालयको गल्तीलाई हेर्दै ९९ प्रतिशत विद्यालयलाई समेत मुछेर गर्ने निर्णय गलत भएको बताए ।

सरकारले निजी विद्यालयले गलत काम गरेको भए कारबाही गर्नुपर्ने भन्दै त्यसको दोष एन प्याब्सन र प्याब्सनलाई लगाउनु गलत भएको बताए ।

प्रतिक्रिया