भरतपुर ,चितवन
सेवाबाट निबृत भएका दुइ पुराना शिक्षकहरु चितवनमा सम्मानित भएका छन् / धुर्बराज इन्दिरा देवी अर्याल प्रतिष्ठान द्वारा भरतपुरमा आयोजित एक समारोहमा स्थानीय विकास अधिकारी श्रबण कुमार पोखरेल तथा जिल्ला शिक्ष! अधिकारी गोविन्द प्रसाद अर्याल ले संयुक्त रुपमा निबृत शिक्षक रामचन्द्र कोइराला र लालमाया गुरुङ लाई सम्मान गर्नु भएको हो . सम्मान पछि सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरेल ले सेवा निबृत भएपछी सम्मानित हुनु पेशा प्रति को सम्मान भएको बताउनु भयो /
उहाले शिक्षक पेशा समाजको सम्मानित पेशा भएको र आफ्नो सेवाको सुरुवात पनि सोहि पेशा बाट भएको स्मरण गर्दै शिछक पेशालाई सम्मानित बनाउन शिछक आफै लाग्नु पर्ने बताउनु भयो /सोहि कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि गोबिन्द प्रसाद अर्यालले निबृत शिछक हरुको हक र हित को निम्ति आफुले सक्दो सहयोग गर्ने बताउनु भयो /कार्यक्रममा प्रतिष्ठानका सस्थापक अमेरिका निबासी बिनय अर्याल ले बिदेश बसेरपनि नेपालको विभिन्न छेत्रमा सहयोग गर्ने उद्धेश्यका साथ बुबा आमा जीवित हुदै उहाहरुको सम्मानमा प्रतिष्ठानको स्थापना आफु र श्रीमती बिमला अर्यालले गरेको बताउनु भयो /समाजका विभिन्न छेत्रमा प्रतिष्ठानको तर्फबाट सहयोग गर्दै जाने उहाले बताउनु भयो . सम्मानित हरुको तर्फबाट बोल्दै रामचन्द्र कोइरालाले आफु यो सम्मानबाट अत्यन्तै भाबुक भएको बताउदै बिदेशमा बसेर बुबा आमा जीवित हुदै प्रतिष्ठानको स्थापना गरि उदाहरनिय काम गरेको मा बिनय अर्याल र बिमला अर्याल लाई धन्यबाद ब्यक्त गर्दै सम्मानित हुनपाएकोमा खुशी ब्यक्त गर्नु भयो /
कार्यक्रममा प्रतिष्ठानका अधक्ष्य ध्रुबराज अर्याल ,साहित्यकार केदार नाथ खनाल ,ध्रुब पोख्रेल ,रमाकान्त सापकोटा ,रविकिरण निर्जीव लगायत का बक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो . निबृत शिछक समाज चितवन का अधक्ष्य हरि प्रसाद आचार्य को सभापतित्वमा सम्पन्न सभाको संचालन कमलिकान्त घिमिरे तथा प्रतिष्ठान का सम्रछ्यक इन्दिरादेवी अर्यालले स्वागत गर्नु भएको थियो ..
प्रतिक्रिया