देश भरका खाध प्रबिधिका उत्कृष्ट बिधार्थी मध्ये त्रिभुवन बिश्वबिधालय बाट एक जना र पुर्बांचल बिश्वबिधालयबाट एक जनालाई प्रत्येक वर्ष प्रदान गरिने गोबिन्द बल्लव पन्त स्मृति नेफ्सा संम्मान प्रदान यस बर्ष काठमाडौँमा एक बिशेष समारोह बीच त्रिभुवन बिश्वबिधालयका सुशील कोइराला ( पोखरा बिज्ञान तथा प्रबिधि क्याम्पस ) र पुर्बांचल बिश्वबिधालयका राजु कुँवर ( क्याफोडाट कलेज ,काठमाडौँ ) लाई पुर्बांचल बिश्वबिधालयका पूर्व उपकुलपति प्राधापक जगत बहादुर के.सी र बरिष्ट खाध बैज्ञानिक डाक्टर देव भक्त शाक्यले प्रदान गर्नु भयो |
कार्यक्रमका प्रमुख अथिति प्राध्यापक जगत बहादुर के.सी .ले मुलुकको औद्योगिक बिकाश निर्माणमा यस शिक्षाले प्रमुख भूमिकामा खुशी ब्यक्त गर्नु भएको थियो | त्यसै गरी केन्द्रिय प्रबिधी क्याम्पस धरानका संस्थापक प्राध्यापक डा देब भक्त शाक्यले खाध्य प्रबीधिका नेपाली विद्यार्थीले देश बिदेश्मा गरेको प्रगतीले आफु खुशी रहेको बताउनु भएको थियो | कार्यक्रममा नेपाल खाध्य बैज्ञानीक तथा प्राबिधिक संघका सभापति तिर्थ अधिकारी र नेफ्सा हतिसार धरानका सभापति समेत्ले मन्तब्य ब्यक्त गर्नु भएको थियो l
कार्यक्रम नेफ्साका संस्थापक तथा ट्रस्टका सभापति हिक्मत थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने सन्चालन कार्यक्रम सँयोजक नवराज दाहालले गर्नु भएको थियो l
प्रतिक्रिया