बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १९:२४
वासिङटन डिसी 09:39

पासपोर्ट डिसी तथा सडक महोत्सव कार्यक्रम सम्बन्धि म्यारिल्याण्डमा समुदाय संग छलफल

इनेप्लिज २०७३ वैशाख ५ गते १८:५१ मा प्रकाशित

 

FullSizeRender (1)

नेपाली दुताबासको पहलमा आगामी मे ७ तारिख वाशिंगटन डिसीमा हुने पासपोर्ट डिसी नामक कार्यक्रम बारेमा डिसी महानगर क्षेत्रका संघ तथा संस्थाका प्रतिनिधिहरु संग छलफल गरेको छ l

नेपाली दुताबासका तर्फ बाट नियोग उप प्रमुख ऋषि राम घिमिरे ,आर्थिक कुटनीति हेर्ने उप सचिब कैलाश राज पोख्रेल ,दुताबासका द्वितीय सचिब लेखनाथ गौतम तथा सहचारी दिपक शर्माको उपस्थिति रहेको थियो l

IMG_8957

कार्यक्रम बारेमा नियोग उप प्रमुख घिमिरे तथा कैलाश राज पोख्रेलले कार्यक्रम बारेमा जानकारी गराउनु भयो l सांस्कृतिक पर्यटक डिसी नामक संस्थाको आयोजनामा हरेक बर्ष पासपोर्ट डिसी कार्यक्रम गर्दै आएको उक्त संस्थाले महिनौ दिन सम्म कार्यक्रम गर्दै आई रहेको छ l

IMG_8976

जस्मा ७० देशका राजदुताबास तथा ४० भन्दा ज्यादा सांस्कृतिक संस्थाहरुको सहभागिता रहने जानकारी दुताबासले गराएको छ l

नेपाली दुताबासले मुख्य मे ७ तारिख र मे २१ मा हुने कार्यक्रमलाई बिशेष जोड दोएको छ भने उक्त कार्यक्रमको लागि संघ तथा संस्थाका प्रतिनिधिहरुसंग सल्लाह र सुझाब संकलन गरेको छ l

IMG_8970

दुताबासले पासपोर्ट डिसीलाई कसरि कार्यक्रमलाई सफल बनाउने भन्ने बिषयमा छलफल गर्न सबैलाई जमघट गराएको हो l

बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले मे ७ र मे २१ को लागि सबैलाई भाग भन्डाको जिम्मा लगाईएको र बिभिन्न संयोजक समेत बनाईएको छ l सहभागी सबैले स्वयम् सेवक रुपमा कार्यक्रमलाई भब्य बनाउने प्रतिबद्धता र ऐक्यबद्धता जाहेर गरेका छन l

IMG_8966

प्रतिक्रिया