बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १४:३५
वासिङटन डिसी 04:50

“नेपालको राजनीति गर्न देश भित्रै प्रयाप्त छन्, अमेरीकामा बसेर गर्नु पर्दैन” – राजदुत कार्की

इनेप्लिज २०७३ वैशाख ५ गते ११:०७ मा प्रकाशित

DSC_0214

अप्रील १६, २०१६
अमेरीकाकोलागी नेपालका राजदुत डा. अर्जनकुमार कार्कीले कोलोराडोमा आज एक समारोह बिच नेपालमा राजनीतिगर्न देश भित्रनै प्रयाप्त मानीस भएकाले अमेरीकामा बसेर नेपालको राजनीति गर्नु नपर्ने धारणा राखेका छन् ।

DSC_0222
संखुवासभा जिल्लाबाट अमेरीकामा आई बसोवास गर्ने नेपालीहरु एक जुटभई गठनगर्न लागिएको संखुवासभा समाजको प्रथम साधारण सभाको पानसमा बत्ती बालेर उद्धाटन गर्दै उनले उक्त धारणा राखेका हुन् । राजदुत कार्कीले अमेरीकामा बसेर नेपालकोलागी राजनीती गर्नुको सट्टा यहिको पार्टि सकृय भई निती निमार्ण तहमा पुग्न सके नेपालको हितमा निती गर्न सकिने यसबाट नेपाललाई ठुलो सहयोग पु¥याउन सकिने धारणा राखेका हुन् । विश्वमा नामै नसुनिएका देशका मनिसले यहाको राजनितमिा प्रवेसगरी माथिल्लो ओहोदामा पुगेर आनो मुलुकलाई धेरै सहयोग पु¥याएका प्रसंग उल्लेखगर्दै उनले अहिले नेपाली मुलका मान्छे त्यो ठाउमा भए आज आफुलाई कामगर्न कति सजिलो हुन्थ्यो होला भनेर कल्पना गर्ने गरेको बताए ।

DSC_0231
यसरी उद्धाटन सत्रमा शुभकामना मन्तव्य राख्नेहरुमा पशुपती फाउण्डेसन क्यालीफोर्नियाका अध्यक्ष तथा आर्टिसिया सिटीका प्लानिङ्ग कमिष्नर भक्त थापा, भर्जिनिया प्रतिनीधी पवन बराकोटी खनाल, कोलोराडोमा चालिस बर्ष देखि बसोवास गर्दे आएका हेल्पिङ्ग ≈याण्डका अध्यक्ष नारायण श्रेष्ठ, नयनराज पोख्रेल लगायतका रहेका थिए । बक्ताहरु सबैले आ–आºनो राजनिती आस्था,मुल्य र मान्यता देखी माथि उठेर बिसुद्ध गृह जिल्ला तथा मातृ भुमीको विकासको लागी समाजले अमुल्य योगदानगर्न सकोस भनी शुभकामना दिएका थिए ।

DSC_0211
समाजका संयोजक शान्ति श्रेष्ठको अध्यक्षतामा संम्पन्न उद्धाटन सत्रको कार्यक्रममा धर्मराज श्रेष्टले स्वागत मन्तब्य राखेका थिए भने हरिकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । हसिलो मुद्रामा कार्यक्रम स्थल प्रवेस गरेका प्रमुख अतिथी राजदुत कार्कीलाई संयोजक शान्ति श्रेष्ठले खादा पहि¥याई दिई स्वागत गरेकी थिईन । कोलोराडोको लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा संखुवा सभामा जन्मेर अमेरीकामा बसोबास गर्ने नेपाली, स्थानीय संघ संस्थाका प्रतिनीधी, बुद्धीजिवी, पत्रकार लगायतका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

DSC_0210
कार्यक्रममा बेलायत, हङकङ, कोरीया, सिंगापुर, बु्रनाई, दुवाई, कतारमा संखुवासभा समाज गठन भईसकेको र अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, वेल्जियममा गठनहुने क्रममा रहेको जानाकारी गराईएको थियो । त्यस्तैगरी संखुवासभामा जन्मेर अमेरीकामा माथिल्लो स्थरमा पुग्न सफल व्यक्तिहरुको नाम पढेर सुनाईएको थियो । जसमा स्वयं माहामहिम राजदुत अर्जुनकुमार कार्की, अमेरिकी राष्ट्रपती ओवामाका एसियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डर सम्बन्धि सल्लाहकार मण्डलका सल्लाहकार संजिता प्रधान, एनआरएनका निवर्तमान डाईरेक्टर बलराम थापा, नेपाली जनसंम्पर्क समिति अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, प्रवासी नेपाली मन्चका अमेरिकाका उपाध्यक्ष जिवन जोशी, अमेरीका डेमोक्याटीक पार्टि कोलोराडो राज्य बोल्डर काउन्टिको पार्टी भोलेन्टियर परिचालन कमिटीका संयोजक सुरेन्द्र श्रेष्ठ लगायतका व्यक्तिहरु सवै संखुवासभामा जन्मिएका भनेर जानकारि गराईएको थियो ।

उद्धाटन सत्र पछि बसेको बन्द सत्रले समाजको विधान पारित गर्दै संयोजक शान्तिको संयोजकत्वमा ३१ सदस्सिय तदर्थ समिति गठन गरेको छ ।

DSC_0208 (1) DSC_0207 DSC_0205 DSC_0200 DSC_0195

प्रतिक्रिया