बीर बिक्रम नेपाली सिने जगतको बिर सिनेमा

इनेप्लिज २०७३ वैशाख ५ गते ५:३२ मा प्रकाशित

Bir_bikram

गत १६ अप्रिल शनिबार बेलायतको आँसफोर्डमा निर्देशक मिलन चाम्स द्घारा निर्देशित ‘बीर बिक्रम’ को छैटौ प्रिमियर सो सम्पन्न भयो।

हालैको नेपाली सिने जगतका एक नम्बर चर्चित र लोकप्रिय नायक दयाहांग राई र नायिका दिया पुन को प्रत्यक्ष उपस्थिति रहेको र बेलायत लगायत हङ्कङको प्रिमियर सो हरुले ‘बीर बिक्रम’ चलचित्र दर्शकहरुले ज्यादै रुचाएर सकारात्मक प्रतिकृया पाएर पनि उक्त सो हेर्न अत्यन्तै उत्साहित र दर्शकहरुको भिडले ठुलै हलपनि प्याक भएको थियो।

गत २ अप्रिल २०१६ को दिन अल्डर्सटको प्रिन्सेस हलमा रेडकार्पेट प्रिमियर सो गरे यता अन्य ५ सोहरु बेलायतको बिभिन्न स्थानहरुमा गरि सकेको छ, अहिले सम्ममा कबर गर्न नसकेको ठाउहरुको दर्शकहरुले उक्त चलचित्र हेर्न नपाएको गुनासो र हेर्न पाउने अनुरोधले गर्दा निर्देशक र नायकको नेपाल फर्कने समय बडाउनु परेको निर्देशकले बताए।

चलचित्रको कथाले दर्शकलाइ अत्यन्तै बाँधेर राख्न सक्ने भएको र चलचित्रका द्वन्द र रौनक कथा झन् रोचक हुँदै जाने भएकोले चलचित्र भित्र हराएर दर्शकहरुले पुरै फिल्म चुपचाप हेरेका थिए।

निर्देशकले उत्कृष्ट २०० भन्दा धेरै म्युजिक भिडियोहरु र नेपाली सिने जगतमा “हसिया” एक्शन चलचित्र बाट प्रवेश गरेका हुन।

यस चलचित्रका नयाँ अनुहार नायिका दिया पुनले पुराना नायिकाहरु भन्दा अझै राम्ररी आफ्नो अभिनय निभाएको र नायक दयाहांग राइको अरु चलचित्रमा नदेखिएको अभिनयले झन यस चलचित्रलाई हेर्न नछुटाउने बनाएको छ।

यस चलचित्रले जागरुक र सजग बन्नु पर्ने शिक्षा दिन्छ र सामाजका कुरीतिहरु र अन्ध बिश्वास हटाउनु पर्छ जस्ता पाठ सिकाउँ छ, समग्रमा सिंगो समाज आट्ने बनेको छ यो ‘बीर बिक्रम’।

अत्यन्तै उत्कृष्ठ फिल्म बनेकोले ‘बीर बिक्रम’ सन् २०१६ को सुपर हिट फिल्महरूको सूचीमा अवश्य पर्ने छ र यस चलचित्रले नव नायिका दिया पुनलाई नेपाली सिने जगतमा स्थापित गराउने प्रवल सम्भावना देखिन्छ ।

प्रतिक्रिया