शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ११:३६
वासिङटन डिसी 01:51

अमेरिकामा नेपाली मुलका कार्कीलाई भारत्तोलनमा दुई स्वर्ण पदक

इनेप्लिज २०७३ वैशाख ४ गते २०:२६ मा प्रकाशित

rup karki

नेपाली मुलका रुप कार्कीले वेस्ट भर्जिनियामा भएको भारत्तोलन प्रतियोगितात्मक प्रतिस्प्रद्धामा दुई वटा स्वर्ण पदक हात परेका छन् l उनले आफ्नो वजन २ सय २० पौण्डको तौल समुहमा सबै भन्दा ज्यादा वजन उठाई एक स्वर्ण पदक प्राप्त गरेका छन् भने सम्पूर्ण खेलको औसतमा सबै भन्दा ज्यादा बलियो व्यक्तिमा समेत अर्को स्वर्ण पदक समेत हात पार्न सफल भएका छन l

अमेरिका र क्यानाडाका ६० जना भन्दा ज्यादा प्रतिस्प्रद्धिलाई उछिन्दै उनले उक्त प्रतियोगिता २ वटा स्वर्ण पदक जितेका छन l ३५ बर्ष भन्दा बढी उमेरका भारत्तोलकहरुको सहभागितामा रहेको थियो l

झन्डै डेढ दशक अमेरिका आएका रुप कार्की डिसी महानगर क्षेत्रमा बसोबास गर्छन भने सामाजिक सेवामा उत्तिकै सक्रिय छन् l स्वर्ण पदक बिजेता कार्कीले पदक पाए पछि ईनेपलिज संग कुरा गर्दै भने अमेरिकनहरुको हड्डी नै ठुलो हुन्छ l उनीहरुको दार नै ठुलो हुने हुनाले हामी नेपालीहरु औसत रुपमा उचाई र शारीरिक रुपमा सानो हुन्छौ भने l तर उनीहरुलाई यस्तो प्रतिस्प्रद्धामा जित्न सकिन्न भन्ने सोचाईलाई तोडेकोमा गर्व लागेको बताए l

कार्कीले अगाडी भने नेपाल को नाम राख्न पाएकोमा हर्ष लागेको बताउदै यो खेलको कारण नेपालीको नाम विश्वमा पनि जोडिन पुगेकोमा ज्यादै खुसि लागेको बताए l

प्रतिक्रिया