गोर्खालिलाई नौलो स्वाद पहिलो पटक संगित महोत्सव

इनेप्लिज २०७३ वैशाख ४ गते १७:२७ मा प्रकाशित

natya

नेपाल संगित नाट्य प्रज्ञा प्रतिष्ठानको २०७२ को महाभुकम्पको केन्द्र बिन्दु परेको गार्खा जिल्लामा संगित महोत्सबको आयोजना गरेको छ । महाभुकम्प गएको एक बर्ष हुनै लाग्दा संगित नाट्य प्रतिष्ठान र गोरखा जेसीसको सहकार्यमा पहिलो पटक गोरखा सदरमुकाम हरमटारीमा संगित महोत्सबको आयोजना गरिएको हो । उक्त महोत्सवमा प्रतिष्ठानका उपकुलपति बरिष्ठ संगितकार तथा गायक शम्भुजित बास्कोटाको नेतृत्वमा काठमाण्डौबाट करिब बिस जनाको सांगेतिक टोली गोर्खा पुगेको थियो ।

आज आयोजित कार्यक्रममा शम्भुजित बास्कोटा, गायक बिश्व नेपाली,संजय तुमरुक, गायिका बानिका प्रधान र सुमन गुरुड. तथा गोरखा जिल्लाकै स्थानिय कलाकारहरुले प्रस्तुती दिएका थिए । भुकम्पले चर्काएका मनलाई संगितमा झुमाउनका लागि तथा गोरखा जिल्लाको संस्कृतिलाई अन्तराष्ट्र सम्म पुर्याउने उदेश्यका साथ आयोजीत संगित मेलामा गोर्खेलीहरु मज्जाले झुमे । पहिलो पटक यस्तो संगित मेला भएकोमा गोर्खा बासीहरु निकै खुसी देखिए ।

उक्त कार्यक्रममा प्रस्तुती दिने स्थानिय कलाकारहरुलाई संगित नाट्य प्रतिष्ठानको तर्फबाट उपकुलपति शम्भुजित बास्कोटा तथा प्राज्ञ उन्नती बोहोरा शिलाको तर्फबाट सम्मान पत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया