बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं २०:१४
वासिङटन डिसी 10:29

नामिबिया विरुद्ध नेपालको पाँच विकेटको जित (फोटो फिचर)

इनेप्लिज २०७३ वैशाख ४ गते १३:२२ मा प्रकाशित

Marriage-gorkha-768x517

काठमाडौ, ४ बैशाख । विश्व क्रिकेट लिग च्याम्पियसिप अन्र्तगत शनिवार भएको बेलामा नेपालले नामिवियाविरुद्धको खेलमा नेपाल ५ विकेटको जित निकालेको छ ।
टस जितेर पहिलो व्याटिङ गरेको नामिबियाले ९ विकेट क्षतिमा दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १७ रन बाँकी रहँदै लक्ष्य भेट्टाएको हो ।
नेपालको लागि शरद भेषावकर र बिनोद भण्डारीले ९० रनको महत्वपूर्ण साझेदारी गरे । सो क्रममा ९९ बल सामना गर्दै भेषावकरले ५० र ४९ बलमा भण्डारीले ४० रन बनाएका थिए ।
त्यसैगरी ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काले २१–२१ रन र नरेश बुढाऐरले १६ रनको योगदान दिएका थिए ।
त्यसअघि नामिबियालाई २० रन भित्रै समेटने क्रममा नेपालको लागि बसन्त रेग्मीले ३, सोमपाल कामीले २, पारस खड्का र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए ।

प्रतिक्रिया