मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ११:५२
वासिङटन डिसी 02:07

मास्कोमा आधुनिक नेपाली चित्रकला प्रदर्शनी

इनेप्लिज २०७३ वैशाख ४ गते ११:१६ मा प्रकाशित

IMG_3279

मास्को, १४ अप्रिल २०१६ (वृहस्पतिवार) । रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बिक्रम सम्बत् २०७३ को नयाँ वर्ष तथा नेपाल र रूस (सोभियत संघ) बीच दौत्य सम्बन्ध स्थापनाको आसन्न ६०–यौं वर्षबन्धनको सन्दर्भ पारेर नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा आधुनिक नेपाली कला प्रदर्शनीको आयोजना गरिएको थियो ।

IMG_3280

मास्कोमा आधुनिक नेपाली कलाप्रदर्शनीको उद्घाटन समारोहको संचालन गर्दै नेपाली राजदूतावासकी नियोग उपप्रमुख श्रीमती इन्दिरा अर्यालले मास्कोस्थित विभिन्न राजदूतावासका प्रतिनिधिहरू, रूस–नेपाल सहयोग तथा मैत्री समाजका पदाधिकारीहरू, रूसी प्राच्यविद्हरू, लेखक–कविहरू, चित्रकार तथा कलाप्रेमीहरू, मास्कोमा नेपाली समुदायका प्रतिनिधिहरूका साथै रूसमा नेपाली कला–प्रदर्शनीको सिलसिलामा नेपालबाट आइरहनुभएका कलाकारहरूको हार्दिक स्वागत गर्नुभयो ।

IMG_3284
रूसका लागि नोपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले आफ्नो छोटो र मीठो उद्घाटन वक्तव्यमा दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापनाको साठियौं वर्षको परिप्रेक्ष्यमा रूसको राजधानी मास्कोमा र सांस्कृतिक राजधानी सेन्ट–पेतेरबुर्गमा समेत नेपाली कला प्रदर्शनीको आयोजना गरिनु ज्यादै महत्वपूर्ण परिघटना हो भनी जोड दिनुका साथै यस सन्दर्भमा नेपालबाट रूस आइरहनुभएका नेपाली कलाकारहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

IMG_3285
गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष दीनानाथ राजभण्डारीले आफ्नो मन्तव्यमा रूसमा नेपाली कला र संस्कृतिको प्रचार–प्रसार गर्नु पनि रूसमा बसोवास गरिरहेका नेपालीहरूलाइ एकबद्ध पार्ने यस संस्थाको एउटा महत्वपूर्ण उद्देश्य रहेको चर्चा गर्नुहुँदै यसपटक नेपालबाट चित्रकलाका कृतिहरूसहित नेपाली कलाकारहरूलाई रूसको भूमिमा स्वागत गर्न पाइनुका साथै रूसी मित्रहरूलाई आधुनिक नेपाली कलाको परिचय दिने अवसर पनि उपलब्ध भएकोमा हर्षोद्गार प्रकट गनुभयो ।

IMG_3290
रूस यात्रामा आइरहेको चारसदस्यीय नेपाली कलाकार–टोलीको तर्पmबाट नेपालका प्रसिद्ध कलाकार एवं कला–समक्षिक मुकेश मल्लले रूसमा वसन्तकालीन रमाइलो वातावरणमा नेपाली राजदूतावासमा उपस्थित कलाप्रमी नेपाली तथा रूसी मित्रहरूका साथै विभिन्न देशका कूटनीतिज्ञहरूसमक्ष आधुनिक नेपाली कलाको प्रदर्शन गर्ने सुअवसर पाइएकोमा हर्ष प्रकट गर्दै नेपाली राजदूतावासको दुई कक्षमध्ये एउटामा सन् १९३० को दशकतिर नेपाली कलामा पश्चिमेली शैली भित्य्राएर आफ्नो परम्परागत कलाशैलीलाई नयाँ आधुनिक स्तरमा उकास्ने अग्रणी कलाकारद्वय चन्द्रमानसिंह मास्को तथा तेजबहादुर चित्रकारका साथै मल्लकालदेखि नै नेपालमा प्रचलित तान्त्रिक कलालाई पश्चिमेली आधुनिक कलाप्रवृत्तिको आधारमा नवतान्त्रिक कलाको रूपमा विकास गर्ने रामानन्द जोशीका कलाकृतिहरूको प्रदर्शन गरिएको तथा अर्को सभाकक्षमा चाहिं यिनै दिवंगत मुर्धन्य नेपाली कलाकारहरूकै अनुसरण गर्दै आधुनिक नेपाली चित्रकलालाई पश्चिमी शैलीकै माध्यमबाट आफ्नो कला–परम्परालाई मौलिक रूपमा विकसित गर्ने वर्तमान चित्रकारहरूका चित्रपटहरू प्रदर्शन गरिएको जनाउनुभयो ।

IMG_3290
तत्पश्चात् महामहिम राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले पानसमा बत्ती बालेर आधुनिक नेपाली कला–प्रदर्शनीको विधिवत् उदघाटन गर्नुभई समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई नेपाली चित्रकलाको अवलोकन गर्न निम्त्याउनुभयो ।

IMG_3296
मास्कोमा नेपाली चित्रकलाका कृतिहरू विरलै देख्न पाइन्छ । पहिलो कक्षमा प्रदर्शित मुर्धन्य कलाकारत्रयका चित्रहरू हेर्न थाल्दा मलाई सन् १९५८ मा रूसको राजकीय भ्रमणमा राजा महेन्द्रको साथमा रूस पुगेका प्रथम नेपाली चित्रकार चन्द्रमानसिंह मास्केले मास्कोको प्राच्यकला संग्रहालयलाई उपहारस्वरूप प्रदान गरेका मूल कलाकृतिहरू तीन दशकभन्दा पहिले आपूmले त्यहाँको प्रदर्शनकक्षमा देख्न पाएको झझल्को आइरहेको थियो । अहिले मैले प्रतिलिपिकै रूपमा भए पनि उनको कुचीबाट निसृत ‘विन्ध्यावासिनीको मन्दिर’, ‘भद्र महिला’ र मुख्यतः नेवारी परम्परामा नववधू भित्य्राउँदाको दृश्यअङ्कित ‘लसकुस’ चित्रहरूको अवलोकन गर्न पाएँ । तेजबहादुर चित्रकारका कृतिहरूमध्ये राजा त्रिभुवनको व्यक्तिचित्र, थकुजुजु थरका श्रेष्ठहरूकी आराध्यदेवीको असनस्थित ‘अन्नपूर्णको मन्दिर’ ले मेरो ध्यान आकृष्ट गरेको थियो । यस कक्षमा प्रदर्शित रामानन्द जोशीलिखित नवतान्त्रिक कलाको नमूना ‘अष्टदल यन्त्र’ को प्रतीकात्मक चित्रले अनायासै मलाई आकर्षित गरेको थियो । त्यतिखेर मलाई केही वर्षअघि नेपाली राजदूतावासमा आयोजित रेणुका गुरुङप्रभृतिको परम्परागत पौभा (तिब्बती भाषामा ‘थाङ्का’) चित्रकला प्रदर्शनीमा राखिएको ‘श्रीयन्त्र’ पौभाको सम्झना भइरहेको थियो ।

IMG_3298
प्रदर्शनीको दोस्रो खण्डमा मदन चित्रकार, कमल गुरुङ, राजन काफ्ले, ध्वज गुरुङ, विजय महर्जन, बुद्ध गुरुङ, राम पाल्पाली, निरज चित्रकार, प्रमिला बज्राचार्य, उमेश शाह, सूर्य बराइली, शंकरराजसिंह सुवाल प्रभृति आधुनिक नेपाली चित्रकारहरूका मूर्त, अमूर्त र प्रतीकात्मक चित्रपटहरूको अवलोकन गर्न पाइएको थियो । एउटा स्टेन्डमा सजाएर राखिएका चिटिक्क परेका निकै आकर्षक पुष्पाकृतिले मेरो ध्यान अनायासै आकर्षित गरेका थिए र म नेपाली राष्ट्रिय पूmल लालीगुराँस र एउटा कुन्नि कुन रुखको हाँगा हो त्यसमा फुलेको सुकोमल पूmलको चित्ताकर्षक छटा नियालेर हेर्न लागे । ती मनमोहक पुष्पाकृतिहरू नेपालबाट आएको कलाकार–टोलीकै एक सदस्या नीरा जोशी प्रधानको हातको करामत रहेछ । उनैबाट त्यस अज्ञात पूmलको नेवारी नाम थाहा पाएँ तर सम्झनामा रहेन । उनी चित्रकार मात्र नभई वनस्पतिशास्त्री पनि रहिछन् । त्यहीं नै उनीसंग नेपालका वनस्पतिहरूको लोप भएर जान थालेका नेपाली, नेवारी आदि नामहरूको शब्दकोष दिनुप¥यो भन्ने मैले प्रस्ताव नै राखें ।
नेपाली कला–समीक्षक मुकेश मल्लसंग पनि नेपाली कलाको सन्दर्भमा कुरा चल्दा दशौं शताब्दीदेखिको प्राप्य परम्परागत नेपाली कलालाई पाश्चात्य कलासिद्धान्तको आधारमा विकसित गर्ने अग्रणी नेपाली चित्रकरहरूले भैंm आजका नेपाली चित्रकारहरूले पनि नेपाली साहित्यको आधुनिक प्रवृत्तिकै अनुरुप पाश्चात्य र पूर्वीय कलासिद्धान्तलाई समन्वय गरेर नेपाली कलाको मौलिकतालाई सुरक्षित राख्दै आधुनिक कलाकृितहरूको सिर्जना गर्नेगरेको निष्कर्षसित हामी दुवैजना सहमत भएका थियौं ।

IMG_3299
मास्कोस्थित नेपाली राजदूतावासमा तीन दिनसम्म चालु रहने नेपाली चित्रकलाका कृतिहरू नेपाली तथा रूसी दर्शकहरूले निकै अभिरुचिका साथ अवलोकन गरिरहेको देख्दा मास्कोमा आधुनिक नेपाली चिबकला प्रदर्शनी निकै रोचक रहनुका साथै सफल भएको म अनुभव गरिरहेको थिएँ…
दिनाङ्क ः १५ ाप्रिल २०१६,
मास्को रूस महासंघ ।

IMG_3307

प्रतिक्रिया