मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:०१
वासिङटन डिसी 16:16

नामिबियाविरुद्ध नेपालको सानदार जीत

इनेप्लिज २०७३ वैशाख ४ गते ११:२३ मा प्रकाशित

Rss_Images_1460790442211_Roshan_160416_1430275469_n

काठमाडौँ, ४ बैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७. १ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर र विनोद भण्डारीले सम्हाले ।

उनीहरुले १४.३ ओभरमा ८४ रनको अभिजित पार्टनरसीप गरे । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलको पहिलो इनिङमा नामिबियाले नेपालविरुद्ध १९५ रन बनाएको थियो ।

शरद र विनोदले ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित दिलाएका छन् । शरदले अर्धशतक पूरा गरेर नटआउट रहे भने विनोद पनि ४० रनमा नटआउट रहे ।

नेपाली टोलीका फिनिसरका रुपमा रहेका शरदले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् । ९९ बलमा उनले ३ चौका हानेका थिए ।

त्यस्तै ४९ बलमा ४० रन पूरा गर्ने क्रममा विनोदले ३ छक्का र एक चौका हानेका छन् । नामिबियाले ३४ रन एक्स्ट्रा दिएपछि नेपाललाई ५ विकेटको जित हात पार्न सहज बनेको हो ।

जवाफि ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले समान २१ रनको योगदान गरे । यस्तै नरेश बुढाएरले १६, राजेश पुलामीले ९ र राजु रिजालले ६ रन जोडे ।

नामिबयिाका लागि सेरल बर्गरर गेरी स्यानम्यानले २/१ तथा जाभागो ग्रानवाल्डले १ विकेट हात पारे ।

यसअघि पहिलो इनिङमा नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट झारे । सोमपाल कामीले २ विकेट लिए । पारस खड्का र डेब्युटेन्ट सन्दिप लामिछानेले १/१ विकेट झारे । सन्दिपले १० आभेरमा २ मेडन राख्दै ३७ रन खर्चिएर १ विकेट लिएका छन् ।

शक्ति गौचनले कसिलो बलिङ गरेपनि विकेट लिन सकेनन् । उनले १० ओभर बलिङ गर्दै २ मेडनसहित २८ रन दिए ।

टस जितेर ब्याटिङ रोजेको नामिबियाका एसएफ बर्गरले ७६ बलमा सर्वाधिक ३८ रन बनाएका थिए । जेजे स्मिथले २२ बलमा २६ रन जोडे । एचएन या फ्रन्सले २६, गरेहार्ड इरासमसले २५, गेरी स्यामानले २३, कप्तान स्टेफन ब्राडले १८ रन बनाए । यसैगरी जेन ग्रिनले १४, जेपी कोट्जर जोभागोले २/२ रन बनाए ।

नामिबियाले खेलको सुरुवातमा आक्रामक ब्याटिङ गरेको थियो । दस्रो ओभरको समाप्तिमा २५ रन उसले २५ रन जोड्यो । तर, पहिलो ओभरमा १५ रन खर्चिएका सोमपाल कामीले आफ्नो दोस्रो ओभरको पहिलो बलमै विकेट कप्तान स्टेफन ब्राड महत्वपूर्ण विकेट झारे ।

त्यसपछि नामिबियाको आक्रमक ब्याटिङ एकाएक सुस्तायो । सोमपालले पहिलो र दास्रो विकेट लिएपछि नामिबिया कमजोर बन्यो । सातौं विकेटका लागि नामिबियाले १ सय ७ बलमा ३५ रनको सर्वाधिक साझेदारी र्गयो ।

प्रतिक्रिया