शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:०३
वासिङटन डिसी 16:18

राष्ट्रिय पक्षी लोप हुँदै

इनेप्लिज २०७३ वैशाख ४ गते ५:५० मा प्रकाशित

danfeअछाम, ४ वैशाख । राष्ट्रिय पक्षी डाँफेको वासस्थान रहँदै आएका रामारोशन क्षेत्रको संरक्षण नहुँदा डाँफे लोप हुने अवस्थामा रहेको छ ।

प्रमुख पर्यटन क्षेत्रका रुपमा रहेको रामारोशन क्षेत्रका जङ्गल, पानीका स्रोत, स्थानीय मैदान लगायत क्षेत्रको उचित संरक्षण नभएका कारण डाँफे लोप हुने अवस्थामा रहेको स्थानीयवासीको भनाइ छ ।

बथानका बथान डाँफे देखिने रामारोशन क्षेत्रमा आजकाल विरलै मात्र देखिने गरेको रामारोशनका रवीन्द्र रोकायाले बताउनुभयो ।

रामारोशन क्षेत्रमा पहिलेको तुलनामा बोटबिरुवा, स्थानीयस्तरमा वासस्थान बनाउँदै आएका जङ्गली जनावर, चराचुरुङ्गी र पानीका स्रोतमा बर्सेनि कमी हुँदै आउन थालेको रामारोशनका स्थानीयवासीको भनाइ छ ।

रामारोशन क्षेत्रमा रहेका ठूला घाँसे मैदन र जङ्गलमा स्थानीयवासी र छिमेकी जिल्लाका किसानका घर पालुवा जनावर भेडा, बाख्रा, गाई, गोरु, भैँसी लगायतको खुला चरिचरन क्षेत्र र रामारोशन क्षेत्रमै उनीहरुको वासस्थान गोठेनको पहिलेदेखि नै प्रयोग हँुदै आइरहेका कारण समेत उक्त क्षेत्रको जङ्गल मासिँदै गइरहेको छ ।

रामारोशन क्षेत्रको संरक्षणका बारेमा जिल्लामा पटक पटक कुरा उठे पनि संरक्षणको ठोस कार्यक्रम र पहल नभएको जिल्ला वन कार्यालय र जिल्ला भूसंरक्षण कार्यालय अछामले जनाएका छन् ।

प्रतिक्रिया