शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०१:५६
वासिङटन डिसी 16:11

सुयाश अधिकारीको सभापतित्वमा द हवाइट जोन क्यालिफोर्निया गठन, नयाँ बर्षको शुभकामना

इनेप्लिज २०७३ वैशाख ३ गते ११:०२ मा प्रकाशित

dd32da5c-2007-42b2-8952-10afae4f70d4

द हवाइट जोन क्यालिफोर्नियाको अधिवेशन तथा नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हालै भव्य रुपमा सम्पन्न भएको छ ।

अप्रिल १०, २०१६मा इन्कास प्यालेस रिचमण्डमा भएको अधिवेशनले द ह्वाइट जोन क्यालिफोर्नियाको सभापतिमा शुयाश अधिकारीलाई चयन गरेको छ । यस्तै उपसभापतिहरुमा सागर रावल, यम कुँवर (अमृत) र झरना श्रीश चयन भएका छन् भने
महासचिबमा राजेन्द्र जोशी, सचिवहरुमा सर्मिन रोप र डिल्लीराज पौडेल, कोषाध्यक्षमा स्मृति बास्कोटा, सहकोषाध्यक्षमा एलिना अधिकारी चयन भएका छन् ।

यस्तै युथ कोअर्डिनेटरमा उद्धब के.सी, कल्चर कोअर्डिनेटरमा दीपक गुरुङ, सह कल्चर कोअर्डिनेटरमा सगर शर्मा, स्पोर्ट्स कोअर्डिनेटरमा सुभाष के.सी., सहस्पोर्ट्स कोअर्डिनेटर राजन कोइराला, डाइरेक्टरहरुमा रोशनी खड्का, आयुशा जोशी, सन्तोष कार्की, सिजन गौतम र मनिष पौडेल चयन भएका छन् ।

डा.आमोद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु समाजसेबी तथा ’द हवाइट जोनका संस्थापक सभापति राजेश थापा,नेपाली जनसम्पर्क समिति अमेरिकाका का.वा. सभापति तथा द व्हाइट जोन का सल्लाहकार तथा समाजसेबी धनन्जयनरसिं के.सी., सल्लाहकार अमृता राना, सल्लाहकार राधा शर्मा , सल्लाहकार डा. तुलसी दाहाल, सल्लाहकार श्रीराम थापा,पूर्व सल्लाहकार तथा न्यान्सका महासचिब कैलाश थापा, एनआरएन एनसीसीका सल्लाहकार तथा न्यान्सका पूर्व सभापति घन प्रसाद दवाडी, जनसम्पर्क समिति क्यालिफोर्निया सभापतिbपूर्ण शेर्पा , न्यान्सका सभापति तेज राई , न्यान्सका पूर्व उपसभापति तथा वानाका सभापति उत्तम कार्की, न्यान्सका उपसभापति इश्वर सिटौला, तथा समाजसेबी गोबिन्द शाही लगायत विभिन्न समाजसेबीहरु, विभिन्न संस्थाका बिशिष्ठ व्यक्तिहरु तथा पत्रकार हरु को उपस्थिति रहेको थियो । उहाँहरुले
द व्हाइट जोन क्यालिफोर्नियाका नव निर्वाचित कार्यसमितिलाई बधाई तथा ुभकामना दिनुभएको थियो ्र चर्चित डीजे सब्बुको संगीतमा सम्पूर्ण वेएरिया झुमिरहेको थियो भने पत्रकार ध्रुब कुँवर र समाजसेवी गोविन्द शाहीले त्यस माहोललाई क्यामरा मा कैद गर्नु भएको थियो ।

ce5481c1-663a-45b9-8773-b6346a728f97

अधिक रुपमा युवा हरुकोbउपस्थिति रहेको सो कार्यक्रममा सम्पूर्ण सहभागी तथा सुभेच्छुक सबैलाई हार्दिक धन्यवाद तथा नया वर्ष २०७३ को हार्दिक मंगलमय सुभकामना प्रदान
गरिएको थियो । कार्यक्रममा खाना बनाउने ठाउँ तथा विभिन्न कार्यमा सहयोग गर्नु हुने तन्दुर रेस्टुरेन्ट पिनोल क्यालिफोर्निया परिवार तथा संचालक समाजसेबी दिनेश फुंयाल तथा हिमालयन कुजिन कनकर्डका संचालक तथा ’द हवाइट जोन क्यालिफोर्नियाका पूर्व उपसभापति सुर्य प्रशाद शर्मालाई द हवाइट जोन क्यालिफोर्नियाले सम्मान गरेको थियो । कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्नु हुनेहरुलाई द हवाइट जोन क्यालिफोर्नियाले कृतज्ञता ज्ञापन गरेको थियो ।

प्रतिक्रिया