मोटरसाइकलको ठक्करबाट मृत्यु

इनेप्लिज २०७३ वैशाख ३ गते ६:०० मा प्रकाशित

दमक, ३ वैशाख । मोटरसाइकलको ठक्करबाट झापाको गौरादह–१ का डम्बर निरौलाको गएराति ज्यान गएको छ ।

लखनपुर–गौरादह सडकखण्डको गुरुङचौकमा गएराति मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५० वर्षीय निरौलाको उपचारका क्रममा ज्यान गएको हो । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।

राति गर्मीका कारण हावा खान घरबाहिर निस्केका निरौलालाई ठक्कर दिने मोटरसाइकलको भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया