अमेरिकामा तिन चिज बाद है : टपक्क ,सरक्क र पल्याक पुलुक

इनेप्लिज २०७३ वैशाख ३ गते १:०४ मा प्रकाशित

bijay

यहाँ लेनिनबाद ,मार्क्सबाद ,गान्धीबाद र अनगिन्ती बाद बिषयमा कुरा राख्न खोजेको हैन l सपनाको संसार अमेरिका आउन हरेक नेपालीको चाहना हुन्छ l अमेरिका छिर्न ३३ कोटी देवताको पूजा पनि हामी गर्छौ l

अमेरिकन दुताबासले प्रवेश आज्ञा दिन खुकुलो मात्र गर्ने हो भने टनाटन नेपाली अमेरिकामा थुप्रिन्थे l अप्रवासीहरुको हुलले बनेको देश हो ,अमेरिका l अमेरिकामा सुरक्षाको दृष्टिले अत्यन्तै कडा छ l कानुन संग मानिस थरथर हुन्छन l

अमेरिका आउन घिडघिड़ो हुने तथा यता आएका नव आगन्तुक नेपालीले अमेरीका आए पछि तिन चिजहरु टपक्क ,सरक्क र पल्याक पुलुक सम्बन्धि बिशेष ज्ञान हासिल गर्ने पर्छ l नत्र ठुलो भडखालामा नेपाली समुदाय पर्ने छन् l माथि उल्लेख गरेका तीन चिजहरु बाद गर्न सके अमेरिकामा कहिले दुख पाईदैन नत्र जीवनमा ठुलो धक्का लाग्दछ l अमेरिका सुरक्षामा कति संबेदनशिल छ भन्ने अमेरिकाले अपनाएको अत्याधुनिक सुरक्षाका साधन तथा उपकरणको जडानले यस कुराको प्रष्ट पार्दछ l

हाम्रो देशमा टपक्क ,सरक्क र पल्याक पुलुक गर्दा अस्वाभाविक मानिदैन l तर अमेरिकामा अस्वाभाविक मानिन्छ l नेपालमा टपक्क ,सरक्क र पल्याक पुलुक गर्ने ज्यादा पुरुष जातिले गर्दछन l तर महिलाले गर्दै गर्दैनन् भन्ने चाही हैन l

अमेरिका आए पछि नेपाल जस्तो कुनै पनि समान केहि किन्दा या हेर्दा उसले देख्दैन र नेपालमा जस्तो छक्याउछु भनि कुनै चिज बगली या कतै लुकाउछु भनि टपक्क टिप्यो भने रंगेहात पक्राउ खाइन्छ l र ,जीवन भर उसको धब्बा लाग्दछ l यस्ता उटफट्यांग तथा किशोर अवस्थामा ज्यादा खयाल ख्यालमा गर्ने बानि परेकालाई अमेरिकामा ठुलो नोक्सान पुर्याउछ l नेपालमा लागेको बानि हत्तपत्त सुध्रिदैन l

अमेरिकामा पनि त्यहि ब्यबहार गर्दा फन्दामा परिन्छ l न्युनतम नेपाली समुदाय पनि यस्ता कारवाईमा परेका छन् l अमेरिका आउन अपहत्ते गरेका नेपाली समुदाय या नव आगन्तुकले यो कुरामा संबेदन शिल हुनु जरुरि छ l समान टपक्क टिपेर गोजीमा हाल्यो या कतै राख्छु भन्ने सोच्यो भने कुरा बिग्रन्छ l हरेक पसल ,ठुला महल ,ठुला कार्यालय तथा भवनमा चित्रग्राहिणी (क्यामेरा) जडान गरिएको हुन्छ l

काम गर्ने ठाउँ या अन्य स्थानमा आफु चलाख छु नेपाल जस्तो छक्याई दिन्छु भनि सरक्क केहि टिप् टाप जस्तो गर्यो भने फेरी पर्खाल भरि झुनड्याईएका चित्रग्राहिणीले क देखि ज्ञ सबै सबै देखाई दिन्छ l ठुलाठुला अपराध र अपराधी यसरी नै समातिन्छ अमेरिकामा l सानो देखि लागेको खराब बानि त्याग्न धेरै गार्हो हुन्छ l यस्ता घटना अमेरिकामा अत्यधिक घट्छ l मुग्लानमा सतर्क हुनु पर्छ l लोभले लाभ लाभले बिलाभ गराउछ l सानो चित्त राख्नु हुन्न अमेरिकामा l

अमेरिकामा सबै भन्दा खतरा पल्याक पुलुक हो l नेपालमा पल्याक पुलुक गर्ने स्वभाव हुन्छ l त्यसलाई त्यति गम्भीरताले लिईदैन l अमेरिका आउने र आउन झिटी गुन्टा कस्ने जो कसैले पनि पल्याक पुलुक आदत बागमती नदीमा फ्याकेर आउनु पर्छ l अमेरिकामा बाहिर निस्कदा पल्याक पुलुक गर्यो भने कानुन पनि लाग्दछ l

कैयौ नेपाली समुदायका आमाबाहरु नेपाली पोशाक लगाएर पछाडी हात बाधेर अर्काको घर नजिक पुगेर ट्वाल्ल हेरी रहदा शंकास्पद लागि प्रहरीले केरकार गरेका कैयौ घटना पनि छन l अर्को को घरलाई नजिक गएर नियालेर हेर्यो भने पनि छिमेकीले प्रहरीलाई बोलाई दिन्छन l

छिटो छिटो हिड्दै कसैको घर नजिक पल्याक पुलुक पनि हेर्नु भयो भने नचिनेको जस्तो लाग्यो भने प्रहरीलाई बोलाइन्छ l र ,हिड्दा याद गरिएन भने बिना बित्थामा दुख पाईन्छ l शंकास्पद लाग्यो भने प्रहरीलाई परिचय पत्र नदेखाए झ्यालखान जानु पर्ने पनि हुन्छ l अनौठो लुगा लगाएर झ्याम्ल्यांग लुगा लगाएर चोर जस्तो पल्याक पुलुक गरे फसिने डर हुन्छ l

अमेरिका आउनु भन्दा अगि या अमेरिका पसे पछि यस्ता कुरामा ज्ञान राख्न जरुरि हुन्छ l मुग्लानमा नेपालका जस्ता बानि छन् भने भुलेर भए पनि निकाल्नु हुदैन l आफैले दुख पाइन्छ l आफ्नाले दुख पाउछन l म श्याल भन्दा चलाख छु l कागको फुल चोर्न पनि सक्छु भन्ने घमण्ड अमेरिकामा चल्दैन l तसर्थ अमेरिकामा टिक्ने ,जीवन बनाउने ,आर्थिक उन्नति गर्ने हो भने टपक्क ,सरक्क र पल्याक पुलुक तिन चिज बाद गर्नै पर्छ l यसैमा हाम्रो भलाई छ l

अझ पनि टपक्क ,सरक्क र पल्याक पुलुक गर्ने हो त ? अब बाद है ?

तस्बिर सौजन्य : बिमल नेपाल ,बोस्टन

प्रतिक्रिया