धरौटी बुझाउन नसक्दा कारागार चलान

इनेप्लिज २०७३ वैशाख २ गते १४:५३ मा प्रकाशित

Jailतनहुँ, २ वैशाख । यौनधन्दामा संलग्न भएको अभियोगमा पक्राउ परेका चारमध्ये दुई जनाले धरौटी रकम बुझाउन नसकेकाले उनीहरुलाई आज कारागार चलान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमेशकुमार श्रेष्ठका अनुसार अभियुक्तमध्ये ती दुई जना जनही रु पाँच हजारका दरले धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।

गत चैतमा दमौलीस्थित विश्वास, ममता, छाब्दीलगायत होटलमा प्रहरीले छापा मार्दा त्यस होटलबाट यौनोत्तेजक पदार्थ तथा गर्भनिरोधात्मक सामग्रीसहित पक्राउ परेका अन्यलाई अनुसन्धानपछि छाडिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश सिहंले जानकारी दिनुभयो ।

प्रतिक्रिया