आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:१३
वासिङटन डिसी 08:28

डिसीको राजधानी मन्दिरमा नेपालीहरुले नया बर्ष यसरि मनाए

इनेप्लिज २०७३ वैशाख २ गते २:३४ मा प्रकाशित

 

IMG_8833

डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायले डिसी महानगर क्षेत्र स्थित राजधानी मन्दिरमा बिसेष भजन तथा क्रीतनको साथ नया बर्ष मनाएका छन् l नेपाली नया बर्ष को साथै भारतीय तमिल समुदायले पनि आजैको दिनमा नया बर्ष मनाएका छन् l श्रद्धालु भक्तजनहरु राजधानी मन्दिरले आयोजना गरेको कार्यक्रममा सहभागी भै प्रसाद समेत ग्रहण गरे l प्रसाद स्वरुप नेपाली समुदायले सेल रोटि ,अचार ,तरकारी तथा अन्य परिकारका सामग्री भक्तजनलाई खुवाएका थिए l

IMG_8738

मन्दिरका नेपाली पण्डित मोतिलाल शर्माले बिक्रम सम्बतको इतिहास बारेमा संक्षेपमा बताएका थिए भने आजै का दिन भारतको तमिल समुदायले पनि मनाउने जानकारी गराएका थिए l पण्डित शर्माले नेपालीहरु धेरै मेहनती ,जागरिला हुन्छन भन्दै प्रशंसा गरेका थिए भने तर अलिक भयभित हुने जस्तो पनि हाम्रो प्रवृति देखिन्छ भने l उनले थप गर्दै भने नेपालीहरु अब ठुला र निकै राम्रो अवस्थामा पुगेको बताए l

उपस्थित सबैलाई शुभकामना दिदै २०७३ सालमा राशीको बारेमा जानकारी गराएका थिए l पण्डित शर्माले नेपाली समुदायलाई आज सप्तमी हो भने भोलि अस्टमि हो भने l हामी नेपाली समुदाय यस्ता दिनमा चोखो नितो ,फलाहार ,साकाहारी आदि ईत्यादी सेवन पर्नेमा मार हानेका मांसाहारी तर्फ ध्यान जाने हुनाले यस्ता कुराहरुमा गम्भित हुन् आग्रह गरे l यस्ता दिनहरु सकिए पछि खान पनि सकिन्छ भनि शर्माले विचार पोखे l भजन क्रीतन मुरारी नराल ,राजन अधिकारी तथा दुर्गा खरेलले गरेका थिए l

DSC07113

DSC07133

IMG_8834

IMG_8822

DSC07142

IMG_8709

IMG_8766

IMG_8830

IMG_8838

IMG_8826

IMG_8807

IMG_8790

IMG_8799

IMG_8798

IMG_8716

DSC07119

प्रतिक्रिया