शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:३३
वासिङटन डिसी 16:48

संविधान कार्यान्वयन गर्न कुनै प्रतिपक्ष हुँदैन: नेम्वाङ

इनेप्लिज २०७३ वैशाख १ गते १४:१६ मा प्रकाशित

subash-nembang_20150123073453काठमाडौं, १ वैशाख । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानका बारेमा व्यक्त भइरहेको असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।

दिशा निर्देश क्लबको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले असन्तुष्टि आउनु स्वभाविक भएको भन्दै असन्तुष्टिलाई सम्बोधन गर्नेगरी प्रमुख दल एक ठाउँमा आउनुपर्ने धारणा राख्नुभयो ।

“संविधान जारी गर्ने चुनौती जसरी सबै दल एक ठाउँमा उभिएर पूरा गरे, संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि त्यसैगरी पूरा गर्नुपर्छ”– उहाँले भन्नुभयो । नेता नेम्वाङले नेपाली काँग्रेससहितको सरकार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पार्टी सत्ता पक्ष र कुनै पार्टी प्रतिपक्ष हुन नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री सिपी मैनालीले केही दल तथा समुदायबाट प्रकट भइरहेको असन्तुष्टि सम्बोधन गर्न सरकारले बनाएको संयन्त्रमा सहभागी भएर माग पूरा गराउन आग्रह गर्नुभयो । उहाँले मधेसी दलले उठाएका केही माग रहस्यमय भएको टिप्पणी गर्नुभयो ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले संविधान जारी गर्न केही दिन ढिला गरेको भए अहिलेको जस्तो चर्को असन्तुष्टि व्यक्त नहुने धारणा राख्नु भयो । उहाँले केही दिन ढिला ग¥यो भने संविधान बन्दैन भन्ने त्रासको मानसिकताले हतारहतारमा संविधान जारी गरेकाले असन्तुष्टि बढेको तर्क गर्नुभयो ।

प्रतिक्रिया