पेस्तोलसहित कम्प्युटर इन्जिनियर पक्राउ

इनेप्लिज २०७३ वैशाख १ गते ४:५६ मा प्रकाशित

राजविराज, १ वैशाख । भारतबाट अवैध रुपमा हतियार नेपाल ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई यहाँ पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सप्तरीको ब्रह्मपुर–५ स्थायी घर भई हाल राजविराज नगरपालिका–७ बस्ने २३ वर्षीया कम्प्युटर इन्जिनियर विपिनकुमार झा रहेका छन् । प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले विष्णुपुर चौकबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मङ्गलबार साँझ पक्राउ गरेको हो ।

भारतबाट स६प १६९२ नंको युनिकर्न मोटरसाइकलमा चढेर राजविराज–सखडा रोड हँुदै राजविराजतर्फ आउँदै गर्दा पक्राउ परेको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया