रत्ननगर (चितवन), १ वैशाख । चितवनमा प्रहरीले मापसे गरेर नयाँ वर्ष मनाएका ४५ सवारी चालकलाई पक्राउ गरेको छ ।
गएराति चितवनका विभिन्न क्षेत्रमा सवारी रोकेर उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । नयाँ वर्षमा रमाइलो गरेर मापसे गरी हिँडेकालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई अहिले प्रहरी कार्यालय चितवनमा राखिएको छ । आवश्यक कारबाहीपछि जरिवानासहित उनीहरुलाई प्रशिक्षण दिएर छाडिने जनाइएको छ । टोल, गाउँ र विद्यालयका चालकलाई विभिन्न समयमा चेतना दिएर प्रशिक्षण दिइए पनि अझै मापसे गरेर सवारी चलाउने क्रम भने रोकिएको छैन ।
नियम उल्लङ्घन गर्नेमा बढी मोटरसाइकल चालक रहेको पाइएको छ । मोटरसाइकल चालकले हेलमेट नलगाउने, लाइसेन्स तथा बिलबुक नबोक्ने, तीनजना चढेर हिँड्ने गरेको पाइएको छ भने ट्रक चालकहरुले अत्यधिक भार बोक्ने तथा नियम विपरीत चलाउने गरेका छन् ।
प्रतिक्रिया