कालीगण्डकीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो

इनेप्लिज २०७३ वैशाख १ गते २:४८ मा प्रकाशित

Myagdi-Kaligandaki-Ma-Snean-Gardai-Bhaktajan-1फलेवास (पर्वत), १ वैशाख । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति । आज बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

पर्वत सदरमुकाम कुश्माबजारनजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधाम लगायतका धाममा बिहानैदेखि भक्तजनको मेला लागेको हो । कालीगण्डकीमा स्नान गर्न पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी लगायतका जिल्लाबाट भक्तजन आएका छन् ।

यसैबीच, मोदीवेनी र सेतीवेणीमा पनि सङ्क्रान्तिको अवसरमा विशेष मेला लागिरहेको छ । भजनकिर्तन लगायतका कार्यक्रम गरिएको छ । कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि नै शुभ हुने जनविश्वास रहेको छ । सङ्क्रान्ति बायाँ खुट्टा, बायाँ हातमा परेका नदीमै पुग्ने गर्दछन् भने गण्डकीमा जान नसक्ने जल ल्याएर घरमै स्नान गर्ने परम्परा पनि रहेको छ ।

प्रतिक्रिया