बसन्त फिल्मस् प्रा.ली. द्वारा सुनितामी परियार सम्मानित

इनेप्लिज २०७२ चैत ३० गते १४:२८ मा प्रकाशित

12980876_1152201964812620_174877941_o

बसन्त फिल्मस् प्रा.ली.दोहा कतारले लोकदोहोरी गायिका सुनितामी परियारलाई सम्मान गरेको छ । नव प्रतिभा सांस्कृतिक समूह कतारले आयोजना गरेको नवप्रतिभा सांस्कृतिक धमाका २०१६ कार्यक्रमको लागि कतार आएकी परियारलाई बसन्त फिल्मस् प्रा.ली.दोहा कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

13016386_1152201974812619_194678548_o

बिदाई तथा सम्मान कार्यक्रमलाई बसन्त फिल्मस् प्रा.लीका प्रबन्ध निर्देशक ईश्वर काफ्लेलेसभापतित्व गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि म्याग्दी सेवा समाज कतारका महासचिब तिलु शर्मा पौडेल रहनुका साथै बिशेष अतिथिहरुमा चर्चित लोकदोहोरी गायिका सुनितामी परियार, स्याङ्जा सहयोग समाजका उपाध्यक्ष अबु बकर अलि रहेका थिए भने अतिथिहरुमा समाजसेवी तथा बसन्त फिल्मस् प्रालिका सक्रिय सदस्य मेघ मोक्तान,राजेन्द्र काफ्ले लगायत बसन्त फिल्मस् तथा कलाकारलाई माया गर्ने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

_MG_6154

बसन्त फिल्मस् प्रा.ली. कलाकारहरुको सम्मान कार्यक्रममा अग्र पङ्क्तिमा रहेको छ । कतारमा आयोजना हुने कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपाल बाट आउने कलाकारहरुलाई सम्मान गर्दै अईरहेको बसन्त फिल्मस् प्रा.ली.ले गत शनिवार गायिका परियारलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो भने बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुका लागि आर्थिक सहयोग समेत गर्दै आइ रहेको छ । कार्यक्रममा प्रमुख आथिति,बिशेष आथितिहरु एवं अथितिहरुले शुभकामना मन्तब्य दिनु भयको थियो भने सोहि कार्यक्रममा बोल्दै गायिका परियारले बसन्त फिल्मस् प्रालीलाई धन्यवाद ज्ञापन गरेकी थिईन ।बसन्त फिल्मस् प्रा.लि.बाट सम्मानित हुन् पाउदा आफुहरु निकै भाग्यमानी भएको बताउदै सम्पूर्णबसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरेकी थिईन ।

_MG_6182कार्यक्रमलाई समापन गर्दै सभापती काफ्लेले नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपालीकला संस्कृतिलाई टेवा पुग्ने काम सधै गर्ने बताएका थिए भने संस्थाका सल्लाहकार केशब कंडेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा संस्था सचिब शरद पाण्डे द्वारा संचालन गरिएको थियो ।

13000690_1152201981479285_577641441_o

प्रतिक्रिया