‘विकास र समृद्धि’ राष्ट्रिय एजेन्डा: मन्त्री राई

इनेप्लिज २०७२ चैत ३० गते १०:३९ मा प्रकाशित

sherdhan-rai-photoललितपुर, ३० चैत । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले विकास र समृद्धि एक मात्र राष्ट्रिय एजेन्डा भएको बताउनुभएको छ ।

गोल्मे–बेहेरे विकास समाजको तेस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिबाट निर्मित संविधानको कार्यान्वयन वर्तमान सरकारको एक मात्र उद्देश्य भएको बताउनुभयो ।

जनआन्दोलनबाट प्राप्त अधिकारलाई संविधानले संस्थागत गरेको बताउँदै उहाँले भन्नुभयो – “जनता देशमा स्थायी शान्ति र स्थिरता कायम भएको हेर्न चाहन्छ ।”

सुशासन एवम् विकास निर्माण सबै राजनीतिक दलको साझा सङ्कल्प हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समाजका संरक्षक गणेश राईले सञ्चारमन्त्री राईलाई ११ बुँदे ज्ञापनपत्र दिनुभएको थियो । सो ज्ञापनपत्रमा भाषा र संस्कृतिको संरक्षण, पर्यटन प्रबद्र्धन, विद्यालय सुधार, ग्रामीण विद्युतीकरणलगायत विषय समेटिएका छन् ।

प्रतिक्रिया