जिपबाट खसेर बालिकाको मृत्यु

इनेप्लिज २०७२ चैत ३० गते ३:२३ मा प्रकाशित

Road Accidentभीमदत्तनगर, ३० चैत । बझाङमा गुड्दै गरेको जिपबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बझाङको मोरीबगरबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको नम्बर नभएको नयाँ जिपबाट खसेर जयपृथ्वी नगरपालिकाकी १३ वर्षीया राजकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

स्थानीय मालुमेलाबाट तमैल जान चढेकी बालिकाले गन्तव्यमा पुगेपछि जिप रोक्न चालकलाई आग्रह गरेको र चालकले बेवास्ता गरेपछि जिपबाट झर्न खोज्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिको जिपबाट खसेपछि टाउकोमा गम्भीर चोट लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज आर्चायले जिप चालकको लापर्बाहीका कारण बालिकाको मृत्यु भएको बताउँदै चालक धनबहादुर बोहरालाई कारबाही गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया