मलेसियाको रेडियोमा नेपाली कार्यक्रम सन्चालन हुने

इनेप्लिज २०७२ चैत ३० गते ३:०६ मा प्रकाशित

ra-2-1

क्वालालम्पुर । मलेसियामा नेपाली भाषाको रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ । मलेसियास्थित नेपाली राजदूतावासले रेडियो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । कार्यक्रम आगामी वैशाख ५ गतेदेखि सप्ताहिक रुपमा सञ्चालन हुनेछ । प्रत्येक आइतवार साँझ ८ बजेको समाचारपछि ९ बजेसम्म करिब १ घण्टा नेपाल सन्देश नामक रेडियो कार्यक्रम प्रशारण हुने भएको हो । झन्डै आठलाख नेपालीहरु रहेको मलेसियामा सञ्चालन हुन गैरहेको रेडियो कार्यक्रम प्रभाबकारी हुने राजदूतावासले विश्वास लिएको छ । मलेसियाको राष्ट्रिय समाचार संस्था अन्तर्गतको “रेडियो बर्नामा” र नेपाली राजदूतावासवीच रेडियो कार्यक्रम सन्चालन सम्बन्धी सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा मलेसियाका लागि नेपाली राजदूत डा निरन्जनमान सिंह बस्न्यात र बर्नामाका प्रधान सम्पादक दातुक जाकरिया अब्दुल वहावले हस्ताक्षर गरे । नेपाल सन्देश रेडियो कार्यक्रम रेडियो वर्नामा क्लाङ्ग भ्यालीमा ९३.९ मेघाहर्जमा, जोहोर क्षेत्रमा १०७.५ मेघाहर्जमा, कुचिङ्गमा १००.९ मेघाहर्जमा र कोताकिनावारुमा १०७.९ मेघाहर्जका साथै धधध।चबमष्यद्दद्ध।अयm।mथ मा पनि सुन्न सकिनेछ । समझदारी पत्रमा हस्ताक्षर गर्दै राजदूत डा वस्न्यातले नेपाली इतिहासमा यो अत्यन्तै महत्वपूर्ण क्षण रहेको र यसले दुई देशको दौत्य सम्वन्धलाई अझ प्रगाढ वनाउने बिस्वास ब्यक्त गरे । मलेसियामा ठूलो संख्यामा रहेका नेपाली श्रमिकहरुलाइ बिभिन्न सूचना, स्वास्थ्य सन्देश मूलक जानकारी संगै मनोरञ्जन दिने उनले बताए । सोहि कार्यक्रममा स्थानीय मलायु भाषामा नेपालको पर्यटन सम्बन्धी सामाग्री पनि प्रशारण गरिने राजदूत वस्न्यातले जानकारी दिए । कार्यक्रम नेपाल सन्देश हाल मलेसियामा रहेका दुइ जना अनुभवि पत्रकारले सन्चालन् गर्ने छन् । पत्रकार रवि भट्ट तथा रामचन्द्र नेपालले संयुक्ररुपमा कार्यक्रम संञ्चालन गर्ने भएका हुन् ।

प्रतिक्रिया