भद्रगोल का कलाकार को साथ कार्यक्रम संम्पन्न

इनेप्लिज २०७२ चैत २९ गते १८:१७ मा प्रकाशित

_MG_6144

नव प्रतिभा सांस्कृतिक समूह कतार ले आयोजना गरेको नव प्रतिभा सांस्कृतिक धमाका २०१६ सम्पन्न भएको छ । नज्मा स्थित सालिमार प्यालेस होटलमा सम्पन्न कार्यक्रम सत्य नारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख आथिति अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष भविन्द्र तामांग रहेका थिए । बसन्त फिल्मस प्रालीका प्रबन्ध निर्देशक इश्वर काफ्ले,बरिस्ठ समाजसेवि तथा ब्याबसायी लोकमाया के सि , सियाराम चौधरी,गजेन्द्र छेत्री,NRNA कतारका दितीय उपाध्यक्ष प्रविन गुरुङ, समाजसेवी उत्तम गुरुङ विशेष आथिति रहनुका साथै आथितिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा समाजसेवी रहेका थिए ।

_MG_6102

नेपालबाट आएका ख्यातिप्राप्त नेपालका ख्यातिप्राप्त कलाकारहरु अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री) र चर्चित गायिका सुमितामी परियार लगायत कतारमा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा नेपालबाट आएका हास्यकलाकारहरु द्वारा सम्पूर्णलाई उपस्थित दर्सकलाई खुब हसाएका थिए भने नेपालको वर्तमान राजनीतिक र अन्य सम-सामयिक अवस्था प्रति कटाक्ष प्रहार गरेका थिए । लोक दोहोरि गायिका परियारले भने प्रदेशी दाजुभाईमा समर्पित गीतबाट आफ्नो प्रस्तुति सुरु गरेकी उनले लोक दोहोरि एवं पन्चेबाजाका गीतबाट दर्सक लाई नचाएकी थिईन भने गैर आवासीय नेपालि तारा २०१६ मा गायन/ निर्त्य तर्फ प्रथम हुन सफल गायक कृष्ण बिसी,अन्जना तामांगको विशेष प्रस्तुति रहेको थियो ।

_MG_6136

बसन्त फिल्मसको तर्फ बाट गायिका अरुणा के.सीले प्रस्तुति दिनुका साथै गायक नवराज श्रेष्ठ रमेश मगर,नरेन्द्र खड्काले लाईभ म्युजिकमा दर्सकलाई मनोरंजन दिए भने वाध्यबादनमा गीटारिस्ट सन्तोष गुरुङ र ड्रमर निरज वाइबाले साथ दिएका थिए । दामोदर न्यौपाने,बिसाल लामा लगायत थुप्रै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो भने निर्त्य तर्फ अन्जना तामांग,निर्मला लाकन्द्री,जिना मगर,राज लोप्चन,जँग गुरुङ,अर्जुन मगर,दिल मगर,निर्मल रिजाल,सरोज बि क तथा अतिथी सानी नानी जेश्मा श्रेष्ठ दिएका थिए ।

_MG_6184

कार्यक्रमलाई प्रायोजन snap contracting company w.l.l ले गरेको थियो भने सह- प्रायोजक the gorkha nepali restaurant रहनुका साथै कार्यक्रमको सांस्कृतिक संयोजक केशब भटराई रहेका थिए । कार्यक्रमका संयोजकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिशेष आथितिहरु ईश्वर काफ्ले,प्रविन गुरुङले आफ्नो शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम व्यवस्थापक बि.एच रानाले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा नेपालबाट आएका कलाकार लगायत गैर आवासीय नेपाली तारा २०१५ मा गायन तथा निर्त्य विधामा प्रथम,दोस्रो र तेस्रो हुने कलाकारहरुलाई समेत सम्मान गरिएको थियो ।

_MG_6197

फोटो फिचर :- नव प्रतिभा संस्कृतिक धमाका २०१६ कतार

प्रतिक्रिया