आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:३०
वासिङटन डिसी 14:45

‘राजनीतिक दलबीच एकता आवश्यक’

इनेप्लिज २०७२ चैत २९ गते ९:३३ मा प्रकाशित

sherdhan-rai-photoविराटनगर, २९ चैत । सरकारका प्रवक्ता शेरधन राईले संविधानको कार्यान्वयन र भूकम्पपछि पुनःनिर्माणका लागि राजनीतिक दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री राईले उच्चस्तरीय राजनीति समितिलाई केही दिनभित्रै पूर्णता दिएर सीमाङ्कनको विषय टुङ्गोमा पु¥याइने जानकारी गराउनुभयो ।

सो समितिको प्रतिवेदनका आधारमा सीमाङ्कनको टुङ्गो लाग्ने भएकाले बन्द हडताल नगर्न मधेसी मोर्चालाई उहाँले आग्रह गर्दै मधेसको समस्या वार्ता र छलफलबाटै समाधान खोज्न सरकार गम्भीर भएर लागेकाले सहमतिका लागि मोर्चालाई लचिलो हुन सुझाव दिनुभयो ।

प्रतिक्रिया