शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०५:१५
वासिङटन डिसी 19:30

न्युयोर्कमा एनआरएनका प्रमुख संरक्षक लामिछाने संग अन्तरक्रिया

इनेप्लिज २०७२ चैत २९ गते १:५८ मा प्रकाशित

bandana

अमेरिकाको भ्रमणमा रहेका एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष जीवा लामिछाने संग न्युयोर्कमा एनआरएनएनसीसी युएसएको पहलमा भेटघाट तथा अन्तर्क्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l

संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि जीवा लामिछाने रहनु भएको थियो l सो कार्यक्रममा अमेरिकाका लागि नेपाली महावाणिज्य दुतावासवाट महावाणिज्यदुत नारायण मैनाली, वाणिज्यदूत क्रिशु क्षेत्री, उप वाणिज्यदूत प्रवीण भट्टराई, एनआरएनएनसीसी, युएसएका निवर्तमान अध्यक्ष एवं एनआरएनआइसीसी सदस्य खगेन्द्र जीसी, प्राज्ञ हरि व थापा, डा. विनोद शाह विशेष अतिथि रहनु भएको थियो ।

एनआरएनएनसीसी युएसएका निवर्तमान अध्यक्ष खगेन्द्र जिसीले लामिछानेको स्वागत गर्दै एनआरएनको अभियान एकपटकको नेपाली सधैंको नेपाली र संविधान प्रदत्त अधिकार माथि प्रकाश पार्नु भएको थियो । अध्यक्ष डा केशव पौडेल उक्त कार्यक्रममा अनुपस्थित रहेता पनि पौडेलले स्वागत सन्देश एवं कार्यक्रम सफलताको शुभकामना पठाउनु भएको थियो ।

कार्यक्रममा उपस्थित विशिष्ट अतिथि ,संचार कर्मी शैलेश श्रेष्ठ ,संचालक समितिका हरिश्चन्द्र हमाल, नेपाली जनसम्पर्क समितिवाट मुनिन्द्र नेवागं आदिले आफ्नो मन्तव्य र एनआरएनको भुमिकावारे प्रकाश पार्नु भएको थियो ।

सहभागि एनआरएनका पदाधिकारी सत्येन्द्र साह, सूर्य लम्साल, सुनिता शर्मा, रविन वज्राचार्य, अजय छोच्चुन आदिले आ-आफ्नो जिज्ञासा, सल्लाह सुझाव लामिछाने संग राख्नु भएको थियो । सो कार्यक्रमको संचालन एनआरएनएनसीसी युएसएका क्षेत्रीय उपाघ्यक्ष वन्दना कोइरालाले संचालन गर्नु भएको थियो ।

एनआरएनको यात्रा, उदेश्य, उपलब्धि र दायित्व माथि प्रकाश पार्दै सुसुचित समाचारले एनआरएनका नीति,कार्यक्रम र भावी कार्ययोजनामा थप उर्जा प्रदान गर्नेछ र झिनामसिना विवादास्पद अल्झिएर रहने अवस्था छैन भन्ने अभिव्यक्ति जीवा लामिछाने प्रकट गर्नु भएको थियो ।

सभाका सभापति कृष्ण पोख्रेलले एनआरएनएनसीसी युएसए नेपाल र नेपालीका हितमा हुने सबै कार्यमा हातेमालो गर्न तत्पर रहेको अभिव्यक्ति प्रकट गर्नु भयो । कार्यक्रम हिमालयन याक जियाक्सन हाईट्स न्युयोर्कमा भएको थियो l

प्रतिक्रिया