अमेरिकामा हामी जग बसाउन आएका हौ कि जग हसाउन ?

इनेप्लिज २०७२ चैत २९ गते १:२५ मा प्रकाशित

BIJAY THAPA

सबै नेपालीको सपनाको संसार अमेरिका हो l हामी अमेरिका हामी घुम्न आएका हैनौ l अमेरिकन दुताबासले प्रवेश आज्ञा दियो भने हामी बुर्किसी मार्दै अनगिन्ती सपना बुन्दछौ l अमेरिका आउन हामी अकल्पनीय दिवा सपना पनि देख्दछौ l हरेक कुरामा सम्झौता गर्ने भित्रि ईक्षा भएता पनि अमेरिकाको माटो टेक्ने बित्तिकै हामी चिप्लन्छौ l

अमेरिकामा हामी जग बसाउन आएका हौ l जग हसाउन हैन l तर हामी हाम्रो हर्कत र हाम्रो ब्यबहारले जग हसाउने काम गर्दछौ l अमेरिकाका अधिकांश नेपालीलाई नेपालको राजनीति देखि नफरत छ l नेपालको राजनीतिलाई मन पराउदैनन र सम्भव भए कोश टाडा भाग्न चाहन्छन l

अमेरिकामा नेपालको राजनीतिको कुरा ल्याए कन्सिरी तात्दछ l तर अमेरिकाको राजनीति संग सौतिनी ब्यबहार राख्दैनन् l किनभने अमेरिकाको राजनीति संग नेपाली समुदाय नजिकिदै छन् l

अमेरिकामा रहेका अधिकांश नेपाली नेपालको राजनीतिको रा पनि उच्चारण गर्न चाहदैनन् l तर भन्नु र गर्नुमा फरक भै दिन्छ l जस्ले नेपालको राजनीति अमेरिकामा काम छैन भन्छन ,उनीहरु नै नेपालको राजनीति संग ज्यादा चाख राख्दछन l त्यो नभई उनीहरुलाई अमेरिकामा निन्द्रा नै लाग्दैन l

जब अमेरिकामा नेपाली संघ तथा संस्थाको निर्वाचनको हुन्छ त्यस बेला नेपालको जस्तो राजनीतिको फोहोरी खेल खेलेको देखिन्छ l अनि महाभारत सुरु हुन्छ l यस्तो समयमा हामी कत्तिको संगठित छौ भन्ने देखिन्छ l गुट ,उपगुट ,फुटने ,चोईटिने ,फ़क्लेटा हुने ,विभाजित हुने तथा टुक्रिने त्यस समयमा छर्लंग देखिन्छ l

अमेरिकामा राम्रो संग जमेर बसेका कैयौ नेपाली समुदाय सघ तथा संस्थासंग नाम लिन समेत चाहदैनन् l आबद्ध हुदैनन् किनभने संघ तथा संस्थामा ज्यादा राजनीति हुने हुनाले संलग्न हुनै चाहदैनन् l उनीहरुलाई यस्ता कुरामा कागलाई बेल पाक्यो हर्ष न बिस्मात हुन्छ l

अमेरिकामा हामि कमाउन आएका हौ ,गुमाउन हैन ? अमेरिकामा हामी जोड्न आएका हौ ,फोड्न हैन ? अमेरिकामा हामि जुट्न आएका हौ ,फुट्न हैन ? अमेरिकामा हामी हाम्रो विकास गर्न आएका हौ ,बिनास गर्न हैन ?अमेरिकामा पनि हामि नेपालको जस्तो ब्यबहार गर्छौ अनि विवादको चक्रब्युमा फ़स्दछौ l

आपसी मन मुटाव र झगडाको कारण समाजमा नराम्रो संदेश गइ सम्पूर्ण नेपाली समुदाय यस्तै रहेछन भनि मुक दर्शक भै टुलुटुलु हेर्दछन l राजनीति र अहमताको लडाईले संस्था चिरा पर्दछ l जसको कारण हामी कम्जोर भै रहेका हुन्छौ l

दुनिया हास्दछन l थुथु र दुरदुर गर्ने अवस्था पनि अमेरिकामा नेपाली समुदायमा देखिएको छ l अमेरिकामा भएका नेपाली सामाजिक ठुला संघ तथा संस्थामा यस्ता घटना सतह बाहिर आउदछन l जसको असर अन्य उत्कृष्ट काम गरि रहेका सामाजिक संस्थालाई धक्का लाग्दछ l

नेपालबाट ल्याईएका कु-संस्कार र कु-प्रवृतिको कारण अमेरिकामा बसी नसक्नुको अवस्था पनि हुन्छ l झगडाको गुण नेपाली समुदाय हुन् भन्ने भान पटक पटक परि सकेको छ l १२ बर्ष कुकुर को पुच्छर ढुङ्गोमा राखे पनि बांगोको बाङ्गै भने झैँ अमेरिकामा नेपालीको अवस्था मिल्ने भन्दा पनि मौरीले चिल्ने अवस्थामा छ l

नब्बेको दशक देखि नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि भएकोले नेपाली समाज कतै हाम्रो गलत राजनीति गर्नेको कारण कतै नकारात्मक असर त पर्दैन ? बेलामा नै सोच्ने हो कि ? अमेरिका हामी हाम्रा सात पुस्ता सम्मको सुनिस्चित भबिष्यको लागि आएका हौ l अमेरिकामा हामी पुङ्ग र पुच्छरको राजनीति गर्न पक्कै पनि आएका हैनौ l समाजको ख्याल गरौ l

अमेरिकामा हामी जग बसाउन आएका हौ l जग हसाउन हैनौ है ?

प्रतिक्रिया