चलचित्र प्रेमगित हेर्दा चित्त बुझेन भने मलाई थप्पड हाने पनि हुन्छ : नायक सरोज खनाल

इनेप्लिज २०७२ चैत २८ गते २०:५३ मा प्रकाशित

IMG_8624

नेपाली चलचित्र प्रेम गित डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ l यहि चलचित्रको लागि कलाकार सरोज खनाल नेपाल बाट आएका छन् l र झन्डै एक महिनाको अवधि सम्म अमेरिकाको बसाईमा रहने नायक सरोज खनालले डिसी मा आज चलचित्र प्रदर्शन गर्नु अगाडी दर्शकलाई यो चलचित्रमा आफ्नो छोरी संग आएर हेर्नु पर्थ्यो भने l

सरोजले भने बिशेष १७ -२० बर्षका किशोरीहरुले हेर्ने पर्ने बताए l यस चलचित्रमा दुई वटा पिढीको भूमिका छ भन्दै आफुले पहिलो पिढीको भूमिकामा खेलेको बताए l उनले भने यो चलचित्र मनोरंजन पूर्ण छ र दर्शकलाई मज्जा लिनुस भन्दै चलचित्र हेरे पछि प्रतिक्रिया दिन आग्रह गरे l चलचित्र प्रेम गित हेर्दा चित्त बुझेन भने थप्पड हाने पनि हुन्छ सरोजले भने l

12974374_1029898067097153_5137053331909804475_n

म चलचित्र मन्दिर बाहिर हुन्छु भन्दा डिसी महानगर क्षेत्रका दर्शकमा एक छिन् हासो छायो l किनकी सरोज खनाल यहि क्षेत्रमा दुई दशक सम्म बिताएका थिए l र ,कसैलाई उनले बिझाएका छैनन् l उनले अगाडी भने डिसी बाहेक अन्य १०- १२ वटा शहरमा चलचित्र प्रेम गितको प्रदर्शन हुने जानकारी दिए l चलचित्र हेर्न आएका दर्शकले लामो समय पछि यस्तो चलचित्र हेर्न पाएको ,कथा वस्तु राम्रो ,छायांकन राम्रोको साथै चलचित्रको अधिकांस पाटो हाँसो र मनोरञ्जनको संगम रहेकोले चित्त बुझेको बताए l चलचित्र हेर्न बुवाआमा ,छोराछोरी ,कलाकार ,बिभिन्न पेसामा संलग्न दर्शकहरुको साथै बालबच्चाहरु पनि लिएर आएका थिए l

IMG_8635

चलचित्रको छायांकन जोमसोम, कागवेनी लगायत अन्य मनोरम क्षेत्रमा गरिएकोले दर्शकले आनन्द मानेका थिए l अर्जुन पोखरेललेको संगित रहेको चलचित्रका गितहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतका स्वर रहेको छ lसुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल ,लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन् ।

IMG_8625

IMG_8671

IMG_8655 IMG_8654 IMG_8652 IMG_8647 IMG_8646 IMG_8643 IMG_8674

प्रतिक्रिया