फ्रेडरिक्सवर्ग मल्टि कल्चरल फेस्टिभल-Fredriksburg,USA

इनेप्लिज २०७२ चैत २८ गते २०:४७ मा प्रकाशित

फ्रेडरिक्सवर्गस्थित मेरी वाशिंटन युनिभर्सिटीमा आयोजित मल्टिकल्चरल फेस्टिभलमा विश्वका विभिन्न मुलुकका सँस्कृति झल्कने सामाग्रीहरुको प्रदर्शनी तथा वहु साँस्कृतिक उत्सवमा फ्रेडरिक्सवर्ग काठमाडौं सिस्टर सिटी कमिटीको अगुवाईमा प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रममा सहभागिता भयो । करिव एक घण्टाको प्रस्तुतिको शुरुमा डेभिड काप्रेराले आफ्ना कुरा राख्दै सो शहरकी मेयर मेरी क्याथरिन ग्रिन ल लाई स्वागत गरे । मेयर ग्रिन ल ले काठमाडौंसँग सहकार्य गर्न फ्रेडरिक्सवर्ग इच्छुक रहेको वताउँदै नेपाली राजदूत डा. अर्जुन कार्कीसँग केही हप्ता अघि भएको भेटको स्मरण गरिन् । त्यसपछि आफ्नो छोटो अँग्रजी कविता वुद्ध इज स्माइलिंग लिएर साहित्यकार गोविन्द गिरी प्रेरणा प्रस्तुत भए भने नेपाली लोक गायक प्रेमराजाको परिचय दिंदै मञ्चमा आमन्त्रण गरे । सो अवसरमा प्रेमराजा महतले आफ्ना केही लोकप्रिय लोकगीत प्रस्तुत गरे । उनको गायनलाई वाद्यवादनमा राज कपुर, तिलक श्रेष्ठ तथा अमृत रमदमले साथ दिएका थिए ।उनको लोकगीतमा मेयर ग्रिन ल लगायत अन्य अमेरिकीहरु र नेपालीहरु पनि निकै उत्साहकासाथ नाचेका थिए ।

प्रतिक्रिया