शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:४५
वासिङटन डिसी 23:00

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७२ चैत २८ गते १४:१० मा प्रकाशित

दमौली, २८ चैत । तनहुँको जामुने गाविस–४ माथिल्लो गुणादीस्थित जरेबरको घुम्तीमा आज ग१त २२२५ नं को ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा व्यास नगरपालिका–६ साँगेका १२ वर्षीय समीर अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज ओमप्रकाश पौडेलले बताउनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका बालकको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको उहाँले बताउनुभयो ।

घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया