सोमबार, कार्तिक १ २०७८
काठमाडौं २२:५९
वासिङटन डिसी 13:14

भूकम्पले हल्लायो दक्षिण एसिया

इनेप्लिज २०७२ चैत २८ गते १२:२२ मा प्रकाशित

Earthquake_Afganistan_832131273

काठमाडौँ, २८ चैत । आइतबार दिउँसो अफगानिस्तानको हिन्द कुश पर्वत श्रृंखलालाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पको धक्का दक्षिण एसियाका अधिकांश देशमा महसुस भएको छ ।

नेपाली समय अनुसार ४ बजेर १६ मिनेटमा गएको ६.८ म्याग्निच्यूडको भूकम्पको अफगानिस्तान, पाकिस्तान, भारतको उत्तरी भाग र नेपालमा समेत मसुस भएको थियो । पृथ्वीको सतहबाट २ सय १० किलोमिटर भित्र गएको भूकम्पले भएको मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको छैन ।

भारत र पाकिस्तानमा यो भूकम्पको धक्का करिब २ देखि ३ मिनेटसम्म महसुस भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले अफगानिस्तानको हिन्दकुश पर्वत श्रृंखलामा करिब ७ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरेको छ ।  शक्तिशाली भूकम्पका कारण नेपालको मध्येक्षेत्रसम्म धक्का महसुस भएको मापन केन्द्रले जनाएको छ ।

यो भूकम्पको धक्का भारतका उत्तरी राज्यहरु जम्मु काश्मिर, उत्तराखण्डसहित राजधानी दिल्लीमा समेत महुसस भएको थियो । त्यसैगरि राजस्थान, चण्डीगढ, उत्तरप्रदेश, हरियाणा र पञ्जावमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्कापछि नयाँदिल्लीमा रेल सेवासमेत रोकिएको छ ।

प्रतिक्रिया