डाएस्पोराका नेपाली एनआरएन मार्फत मातृभूमिको दुख-सुखको साथी बनेका छन्’

इनेप्लिज २०७२ चैत २८ गते २:३८ मा प्रकाशित

JIBA NRNA chief Patron in LA 3

 

लस-एन्जलस, २८ चैत । गैर आवासिय नेपाली संघ (एनआरएनए)का प्रमूख संरक्षक जीबा लामिछानेले संघको विस्तार विश्वव्यापी हुँदै गएको तर बितेको केहि बर्ष देखि गैर आवासिय नेपालीको संघ प्रतिको आस्था र विस्वास घट्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ निजि भ्रमणमा अमेरिका आउनु भएका संघका प्रमूख संरक्षक जीबा लामिछानेले उहाँको सम्मानमा लस-एन्जलसमा आयोजित रात्रिभोजमा सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै संघको नेतृत्वमा देखिएको अन्तरविरोधले जन्मिएको आसंका र अन्यौल बिस्तारै अन्त्य हुने दावी समेत गर्नु भयो । समाजिकिरणका लागि संचार ‘एन २४’, नेपाली अवतैनिक वाणिज्य दुत ऋषि ढकाल र स्थानिय नेपाली अगुवाले उहाँको सम्मानमा आयोजना गरेको रात्रिभोजमा लामिछानेले भने, ‘सुखद खबर गैर आवासिय नेपाली मातृभूमिसंग जोडिन संघ माध्यम भएको छ र मातृभूमिको सूख-दुखमा डाएस्पोरा असल साथि बनेको छ चाहे त्यो भूकम्प होस् वा प्राकृतिक प्रकोप एनआरएनका सहयोगी हातहरु मातृभूमिमा पुगेका छन् ।

JIBA NRNA chief Patron in LAउनले जोड दिदैं भने, ‘नाम र भौतिक बैभवताको भोका मान्छेहरु संकीर्ण मान्छेहरु संघमा आउछन जान्छन तर संघले गैर आवासिय नेपालीलाई मातृभूमिको सूख-दुख संग जोड्न सफल भएको छ यो नेपाली जातिको लागि सुखद खबर हो । रात्रिभोजमा अगुवा नेपाली अमेरिकन वेदाभक्त जोशी, वाणिज्यदूत ऋषि ढकाल, संघका अन्तराष्ट्रिय समन्वय परिषद सदस्य दिल श्रेष्ठ, क्यालिफोर्निया च्याप्टर उपसभापति, रामबाबु पाण्डे, एएनए, उपसभापति सम्भु ढुंगाना, नेपाल अमेरिका एकता समाजका सभापति सुर्य प्रसाईं, नेपाल अमेरिका चेम्बर अफ कमर्शका उपसभापति राम लामा, साहित्यकार शान्तिराम ढकाल, अगुवा चिरन गौतम, प्रेम गुरागाईं, तारा गुरुङ, समाजसेवी किशोर लोहनी, ज्ञानेन्द्र गुरुङ, बलराम थापा, ब्यापारी एकराज पाण्डे, रामचन्द्र लामिछाने, गंगा बस्नेत लगायतले दानवीर नेपाली सुपुत्र जीबा लामिछाने र नायक सरोज खनालको सम्मानमा सब्दहरु खर्चिएका थिए ।

JIBA NRNA chief Patron in LA 2
बिहिबार एनआरएनएका प्रमूख संरक्षक जीबा लामिछानेले स्थानिय लस-एन्जलसस्थित पशुपतिनाथ फाउन्डेसनको निर्माणाधीन मन्दिरको भ्रमण गरि नेपाली रुपियाँ पांच लाख प्रादान गर्नु भएको थियो । बिहिबारनै पशुपतिनाथ फाउन्डेसनले उहाँको सम्मानमा एक स्वागत समारोह आयोजना गरेको थियो । प्रमूख संरक्षक लामिछानेका साथमा उदयमान प्रतिभा अनुराग लामिछाने समेत सहभागी थिए ।

प्रतिक्रिया