पोखरामा नमुना सडक निर्माण

इनेप्लिज २०७२ चैत २८ गते १:१९ मा प्रकाशित

पोखरा, २८ चैत । पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित हिमाली चोकदेखि आँखा अस्पताल चोकसम्म पोखरा सहरकै नमुना सडक निर्माण सम्पन्न भएकोछ ।

एक सय ७६ मिटर लम्बाइ र १० दशमलव ५ मिटर चौडाइ रहेको सो बाटो कुल रु ३५ लाख ८९ हजार २१४ मा निर्माण सम्पन्न गरिएको हो ।

कुल बजेटको ७० प्रतिशत नगरपालिका र बाँकी स्थानीय जनश्रम परिचालन गरिएको सो सडकको उत्तरपट्टि पक्की र दक्षिणमा गटर ढलका साथै सडकको दायाँबायाँ फुटपाथको व्यवस्था गरिएको छ ।

व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले सो बाटोको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।

उहाँले मुलुकका सम्पूर्ण नगरमा बाटो निर्माणका लागि ढल, आधुनिक सभ्यताका लागि सडक पेटी र मापदण्डलाई कडाइका साथ लागू गर्न समितिले निर्देशन गरेको जानकारी दिनुभयो ।

पोखरा खानेपानी, भौतिक निर्माण, सरसफाइको राम्रो व्यवस्थापनका आधारमा मुलुककै पहिलो सहरका रुपमा रहेको विचार व्यक्त गर्दै उहाँ भन्नुहुन्छ – “जनस्तरबाट हुने विकास निर्माणकार्य कम लागतमा गुणस्तरीय र छिटोछरितो हुने गरेका छन् ।

पोखरा उमनपाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले नगरपालिकाले तयार गरेको मापदण्डका आधारमा विकास निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

बाटो निर्माण समितिका अध्यक्ष चोलबहादुर शाहीका अनुसार लक्ष्यभन्दा एक महिनाअघि निर्माण गरिएको सो बाटोको दुवैतर्पm हरियाली प्रवद्र्धनका लागि निकट भविष्यमा वृक्षारोपण गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया